जुगलमा नागरिकता वितरण


जुगल गाउँपालिका– ५, बराम्चीमा जिल्ला प्रशासन कार्यलयको घुम्ती शिविर सञ्चालन गरी घुम्ती टोलीले नागरीकता वितरण गरेको छ ।

टोलीले नागरीकता सहित अपाङ्ग परिचय पत्र वितरण र पञ्जिकरण समेत गरेको हो । शिविरमा गाँउपालिका– ५ का मात्रै ५७ जना व्यक्तिलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको सो वडाका वडा अध्यक्ष सनतकुमार अधिकारीले बताउनुभयो । ‘हाम्रो वडाका मात्रै ५७ जना नागरिकले नेपाली नागरीकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ,’ वडा अध्यक्ष अधिकारीले भन्नुभयो– ‘नागरीकताका साथै १७ जनाले जन्मदर्ता र आठ जोडीले विवाह दर्ता समेत गर्नुभएको छ ।’
शिविरमा गाँउपालिका भरिका जनतालाई सेवा दिइएको जुगल गाँउपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताउनुभयो । नागरीकता बनाउनकै लागि चौतारासम्म धाउन नसक्ने नागरिकका साथै सबैलाई घरदैलो मै नागरिकता उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरीएको उपाध्यक्ष तामाङले बताउनुभयो । ‘शिविर सञ्चालन गर्दा चौतारासम्म पुग्न नसक्ने जनतालाई बढी लाभ भएको छ,’ उपाध्यक्ष तामाङले भन्नुभयो– ‘सिंहदरबारको अधिकार गाँउमा आएको अनुभुति गराउन पनि यस्तो शिविर सञ्चालन गरेका हौं ।’ उहाँका अनुसार ३ सय ३३ जनालाई नागरिकता प्रदान गरिएको छ ।
उपाध्यक्ष तामाङले महिला आत्मनिर्भरता केन्द्र मेलम्ची र अक्सफाम नेपालको साझेदारीमा, जिल्ला प्रशासन कार्यालय चौताराको समन्वय तथा जुगल गाउपालिकाको आयोजनामा सन्चालित नागरिकता, घट्ना दर्ता र अपाड़्गता परिचयपत्र वितरण कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यबाद  भन्नुभयो।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी सहितको टोलीले नागरीकता वितरण गरेको हो ।
टोलीले सबैभन्दा वढी साविकको गुम्बा गाविसका जनतलाई ८० भन्दा बढी नागरिकता वितरण गरेको वडा नं. ५ का वडा अध्यक्ष सनतकुमार अधिकारीले बताउनुभयो ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.