नागरिक समाजको अनुगमन

सिन्धुपाल्चोकमा दुई वर्षदेखि सञ्चालित नागरीक समाजः पारस्पररीक जवाफदेहिता कार्यक्रमले सञ्चालन गरेको सार्वजनीक सेवाप्रवाहको अनुगमन गरीएको छ ।
सोमबार स्वास्थ्य, शिक्षा, कृषि र प्रार्कतिक प्रकोप न्युनीकरण सञ्जाल (हेड) ले सञ्चालन गरेको त्रिपुरासुन्दरी गाउँपालिका– ३ को दुइवटा विद्यालयमा अनुगमन गरीएको हो । ‘सहकार्य, समन्वय र सवाल सम्बोधनको प्रक्रियामा गई पारस्परिक जवाफदेहीता र सुशासनमा अभिबृद्धी गर्नको लागि आगामी दिनमा स्वास्थ्य सेवा प्रबाहमा पनि सयुक्त अनुगमन गर्नेछौं,’ गैरसरकारी महासंघ सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द सापकोटाले भन्नुभयो– ‘सेवाप्रबाहलाई चुस्त बनाउन स्थानीय सरकार र सरोकारवालाहरुसँग सहकार्य गर्दै पारस्परिक जवाफदेहीताका लागि नागरीकलाई सन्देश प्रबाह गरिरहेका छौं ।’
सामुदायिक सारथी तथा पारस्परिक जवाफदेहीता कार्यक्रमका जिल्ला संयोजक हिरा खड्काले जिल्लामा पारस्परिक जवाफदेहीता, उत्तरदायी, पार्दशीता र सुशासन अभिबृद्धीका लागी स्थानीय सरकारसँग सहकार्य तथा समन्वय गरी साझेदारी, खबरदारी र पहेरेदारी गरि कार्य गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा त्रिपुरासुन्दरी गाउँपालिका– ३ का माध्यमिक तहकोे विद्यालय र आधारभूत तहको विद्यालयमा भईरहेको शिक्षासँग सम्बन्धित सार्बजनिक सेवा प्रवाहको सयुंक्त अनुगमन  गरिएको थियो ।
उक्त वडामा नीजि विद्यालयको दाँजोमा सरकारी विद्यालयको शिक्षाको गुणस्तर वृद्धी गर्न सामुदायिक सारथीले पारस्परिक जवाफदेहीता परियोजना सञ्चालन गरिरहेको छ । अनुगमनबाट प्राप्त सुझावहरुलाई संजालको बैठकबाट अनुमोदन गरि प्रतिबेदन तयार पारेर स्थानीय सरकारलाई हस्तान्तरण गरिने सारथीका कार्यक्रम संयोजक खड्काले बताउनुभयो ।
गैरसरकारी संस्था महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष एवं नागरीक समाज सञ्जालका संयोजक गोविन्द सापकोटाको संयोजकत्वमा सो अनुगमन सम्पन्न गरिएको हो । अनुगमनमा जिल्लामा क्रियाशिल विभिन्न संस्थाहरु सिडिइसिएफ, टुकी संघ, सामी,  नेत्रज्योती सञ्चार समुह लगाएतको सहभागिता रहेको थियो ।



, , ,