बाँसखर्कमा गरियो अन्तरपिँढी संवाद

पाँचपोखरी थाङ्पाल गाउँपालिका– १ स्थित बाँसखर्कमा रुपान्तरणमा विद्यार्थी, किशोरी तथा पुरुषहरुबीच अन्तरपिँढी संवाद कार्यक्रम भएको छ ।
हिजो भएको कार्यक्रममा महिनावारी अथवा रजश्वलाबारे विद्यार्थी, किशोरी तथा महिला, पुरुषका धारणा लिई यसका वास्तविकताकाबारेमा प्रष्ट पारिएको थियो । महिनावारी भएको समयमा हुन सक्ने समस्याहरुलाई कसरी समाधान गर्न समिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । समाजमा महिनावारी सम्बन्धी रहेका गलत बुझाइलाई न्यूनिकरण गर्न जोड दिईएको अन्तरपिँढी संवाद कार्यक्रम सहभागिहरुले आ–आफ्ना बुझाईलाई प्रस्तुत गर्नुभएको थिए । छलफलमा सहभागीहरुले महिनावारी हुँदा गरिने गलत व्यवहार नदोहो¥याउने प्रतिवद्धता समेत  जनाउनुभएको थियो ।
कार्यक्रमको औचित्यबारे महिला आत्मनिर्भर केन्द्रका कार्यक्रम कृष्ण गुरुङ तथा कार्यक्रमका फिल्ड सुपरभाइजर विशाल तामाङले प्रष्ट पार्नुभएको थियो । कार्यक्रम भीम विद्याश्रम माविका व्यवस्थापन समितिका अध्यक्ष सुशीलकुमार बोम्जनको अध्यक्षतामा भएको हो । महिला आत्मनिर्भरता केन्द्रको निष्पक्ष तथा समतामूलक न्यायमा पहुँच सुदृढीकरण परियोजना अन्तर्गत सो कार्यक्रम भएको थियो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.