१ सय २० प्रहरीद्वारा बन्जी जम्प

१ सय २० जना प्रहरीको टोलीले भोटेकोशीस्थित ‘द लास्ट रिसोर्ट’बाट बन्जी जम्प गरेका छन् ।
साहासिक खेलका रुपमा लिइने बन्जी जम्पप्रति चासो बढिरहेका बेला आधारभूत तालिम लिइरहेका प्रहरीहरुले बन्जी जम्प गरेका हुन् । प्रहरी सेवाको क्रममा उद्दार लगायतका कार्य गर्दा सहासिक गतिविधिमा संलग्न हुनुपर्ने भएकोले आधारभूत तालिम अन्तर्गत बन्जी जम्प गराइएको प्रहरी उपरीक्षक मधुसूदन लुइँटेलले जानकारी दिनुभयो ।
‘बन्जीले डरसँग लडि अगाडि बड्न आत्मबल बढाउछ त्यसैले तालिममै बन्जी जम्प समाबेस गराइएको छ,’ उहाँले भन्नुभयो ।
बन्जी जम्प गर्नेमा महिला प्रहरी पनि रहेको बताइएको छ । ५ प्रशिक्षक  र ९ प्रशिक्षार्थी १४ जना महिला प्रहरीले जम्प गरेको लुइँटेलले जानकारी दिनुभयो । प्रहरीहरुलाई जम्प गराउन पाउँदा आफ्नो कामप्रति अझ गर्व बढेको र प्रहरीको अनुशासन देखेर आफू प्रभावित भएको बन्जी मास्टर भोला श्रेष्ठले बताउनुभयो ।
भोटेकोसीको पाङलङ र त्याङ्थली जोड्ने १ सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरि न्युजिलान्डका नागरिक डेबिड एलर्डाइस र भैरहवाका विष्णु न्यौपानेले सन् १९९९ बन्जी जम्प गरी नेपालमा यसको सुरुवात गर्नुभएको थियो ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.