हिन्दु राष्ट्र् पुनस्थपनाकालागी हस्ताक्षर अभियान शुरु



लोकप्रिय समचार
राष्टीय प्रजातन्त्र पार्टी सिन्धु पाल्चोकले हिन्दु राष्ट्र् पुननस्थपनाका लागी हस्ताक्षर अभियान शुरु गरेको छ । राष्टीय प्रजातन्त्र पाटी का केन्द्रय सदस्य  दइन्द्र बहादुर ठकुरी द्धारा हस्ताक्षर अभियानको शुरुवात गरिएको हो ।

नेपाललाइ  सनातन हिन्दु राज्य पुनस्थपनाका लागी राष्टीय प्रजातनत्र पार्टीले देश ब्यापी रुपमा अभयिान चलाउँदै गर्दा सिन्धु पाल्चोकमा पनी यो अभियान संञ्चालन भएको हो ।
पाटी नेता तथा राष्टीय प्रजातन्त्रपार्टी सिन्धुपाल्चोकका सचिब  नातीकाजी सापकोटाले  हिन्दु राष्ट्र पुनस्थपनाका लागी पार्टीको निर्णयाअनुसार  देश ब्यापी हस्ताक्षर  अभियान चलाइएको बताउँनु भयो ।
सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम  चौतारा स्थित टुडीखेलमा आइतबार बाट  शुरु गरिएको अभियानमा राष्टीय प्रजातन्त्र का केन्द्रीय सदस्य ठकुरीले देशमा ९२ प्रतिशत रहेका ओउमकार परिबारहरुको चाहना बिपरीत  सिमीत केही बिदेशी आइएनजीओहरुको इसारामा नाच्ने नेताहरुले  धर्म सस्ंकार र संसकृतीला मासेर नेपालको पहिचान बिक्रीगरेको हुँदा  यो स.स्कार फिर्ता लिन र नेपालललाइ पुनह हिन्दु राष्ट्र् स्थपना गर्नका लागी पाटीिले  यो अभियानका साथै आन्दोलन गरिरहेको हुँदा सबै बाट यसको सहयोग को आशा गरिएको बताउँनु भयो ।
अभियान राष्टीय प्रजातन्त्र पार्टीले शुरु  गरेको भएता पनी राष्टीय पार्टी इतरका नेता तथा कार्यकर्ता स्वतन्त्र  नागरिकहरु हिन्दु मोर्चका पदाधिकारी हरु ले हस्ताक्षर अभियानमा हस्ताक्षर गरेर  सहयोग गरिरहेको सचिब सापकोटाले जानकारी दिनु भयो । 

, ,