निर्माण व्यवसायीको नेतृत्व छत्रको पोल्टामा

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको १४औं साधारण सभा तथा छैठौं जिल्ला अधिवेशनले संघको नेतृत्व छत्र तामाङको पोल्टामा सुम्पिएको छ । शनिबार संघको कार्यालय चौतारामा सम्पन्न अधिवेशनले तामाङको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कुल तीन सय ९० सदस्य रहेको संघमा तीन सय २० सदस्यले मतदान गरेको थिए । सो मत मध्ये ६ मत बदर हुँदा अध्यक्षका प्रत्यासी सगुन श्रेष्ठले ८७ मत ल्याउनुभयो । निर्वाचनमा श्रेष्ठलाई एक सय ४० मतले पछि पार्दै तामाङले दुई सय २७ मतका साथ विजय प्राप्त गर्नुभएको हो । संघको प्रथम उपाध्यक्षमा भने फणीन्द्र दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

संघको द्वितिय उपाध्यक्षमा साँइला तामाङ र तृतिय उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित हुनभएको छ । महासचिव पदमा ६८ मत प्राप्त गर्नुभएका प्रतिद्वन्दी घ्याम्छो लामालाई पछि पार्दै जयचन्द्र कुमार तामाङले दुई सय ४५ मतका साथ जित आप्mनो पक्षमा पार्नुभएको छ । संघको सचिवमा शिव श्रेष्ठ, कोषाध्यक्षमा चक्रबहादुर के.सी. र सह–कोषाध्यक्षमा जोगलाल लामा निर्विरोध निर्वाचित हुनुभएको छ ।
संघको कार्यसमितिको सदस्यहरुमा भने बालसुन्दर कटुवाल  दुइ सय १९ मत, धनश्याम नेपाल दुई सय ११ मत, रमेश राउत दुइ सय ११ मत, हुपबहादुर खड्का एक सय ९९ मत, भिमसेन खनाल एक सय ९५ मत र डबले लामा एक सय ८५ मत का साथ विजयी हुनभएको निर्वाचित तृतिय उपाध्यक्ष राजेन्द्र श्रेष्ठले लोकप्रिय समाचारलाई बताउनुभयो । सदस्य पदमा उम्मेद्वार हुनुभएका रेशम ब तामाङ ९४ मत, तिलक बहादुर बस्नेत ७१ मत, रवि लामा ५१ मत, सुबास श्रेष्ठ ३६ मत र टंक प्रसाद दुलाल २३ मत मात्रै ल्याएर कार्यसमितिमा अटाउनु भएन । सदस्य पदको निर्वाचनमा कुल १४ मत बदर बदर भएको थियो । महिला सदस्स्यमा भने सारदा श्रेष्ठ निर्विरोध हुनुभएको छ ।
कुल १८ जना सदस्य रहने संघको निर्वाचनमा हिजो १५ पदको लागि निर्वाचन भएको थियो । आठ जना पदाधिकारी र एक महिला सहित सात सदस्य निर्वाचन प्रकृयाबाट छनौट हुने संघको प्राबधान छ । बाँकी तीन पद भने कार्यसमितिले मनोनीत गरी संघको कार्यसमिति १८ सदस्यका साथ पुर्ण हुनेछ । निर्वाचित तथा निर्विरोध हुनुभएका पदाधिकारी तथा सदस्यहरुलाई आईतबार सपथ ग्रहण तथा प्रमाणपत्र वितरण हुनेछ ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.