मदिरा विरुद्ध सचेतना

त्रिपुरासुन्दरी गाँउपालिका– ३, धुस्कुनमा मदिरा तथा धुम्रपान नियन्त्रणको लािग सचेतना कार्यक्रम आयोजना गरिएको छ । ‘विकृती विसंगती विरुद्ध हाम्रो आवाज, निर्माण हुन्छ सुन्दर समाज’ भन्ने नाराका साथ धुस्कुन कृषी सहकारी संस्थाले सो कार्यक्रम आयोजना गरेको हो ।
समाजमा मदिरा सेवन गर्ने व्यक्तिहरुले समाजमा विकृति फैलाएको कारण सो विकृती कम गर्न यस्तो सचेतना कार्यक्रम गर्नुपरेको हो । कार्यक्रम वडाको सबै टोलमा सचेतनात्मक नारा र प्लेकार्ड सहित ¥याली गरिएको थियो । जाँड रक्सी र जुवातासले हुने विकृति, विसंगती, सामाजिक खलल लगाएतका सन्देश दिदैं ¥याली सञ्चालन गरिएको थियो । स्थानीय विद्यालयका विद्यार्थी सहित जनप्रतिनिधि, महिला, जेष्ठ नागरिकहरुको सो कार्यक्रममा सहभागिता रहेको थियो ।
सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपुरासुन्दरी गाउँपालिकाका उपप्रमुख दुर्गादेवी नेपालले वडालाई मदिरामुक्त वडा बनाउन सके धेरै विकृतिहरु कम हुने धारणा राख्नुभयो । नेपालले चाँडै मदिरामुक्त गर्न सके यो वडा जिल्लाकै पहिलो मदिरामुक्त वडा हुने दाबी गर्नुभयो । ‘हामी पहिला घरेलु मदिरा नियन्त्रण गर्छौं,’ उपप्रमुख नेपालले भन्नुभयो– ‘त्यसपछि आयातित मदिरा समेत सुनकोशी नदी तरेर हाम्रो गाँउपालिकामा प्रवेश गर्न निषेध गर्छौं ।’ उपप्रमुख नेपालले परिवारका कुनै सदस्यले मदिरा सेवन गरेमा सो परिवारका पढ्ने उमेरका बालबालिकाको मनोविज्ञानमा नकारात्मक प्रभाव परि उनीहरुको पढाईमा नै बाधा पुग्ने बताउनुभयो । नेपालले हाम्रो स्वास्य, बालबालिका र हाम्रो परिवार आप्mनै हातमा भएको र मदिरा नियन्त्रण नभएसम्म सून्दर र सभ्य समाजको निर्माण नहुने धारणा राख्नुभयो ।

त्रिपुरासून्दरी गाउँपालिका– ३ का अध्यक्ष एवम् धुस्कुन कृषि सहकारीका ऋण समिति संयोजक समेत रहनुभएका सुकदेव रिसालले संस्थामा ऋण माग गर्न आउने परिवारमा कसैले मदिरा सेवन गर्छ भने त्यस्तो परिवारलाई सहकारीले ऋण उपलब्ध नगराउने नीति लिएको बताउनुभयो । आप्mनै पिता धुम्रपानकै कारण क्यान्सर भएर मुत्यु भएको घटना स्मरण गर्दै वडा अध्यक्ष रिसालले गाउँपालिकामा पनि हरेक महिना धुम्रपान र मदिरापानकै कारण कसै न कसैले ज्यान गुमाईरहेको बताउनुभयो । अब त्यसैको कारण उपचारमा लाखौं खर्च गरेर पनि परिवारका सदस्य मर्न पर्ने दिनको अन्त्य गर्न परिवारबाटै यसको नियन्त्रणको लागि अगाडि बढ्नुपर्ने रिसालले बताउनुभयो । रिसालले भारतको विहारमा रक्सी प्रतिबन्ध लगाउन सक्षम भएको भन्दै आपूm पनि मदिरा प्रयोगको न्यूनिकरण बारेमा योजना बनाईरहेको बताउनुभयो । ‘पहिलो चरणमा स्थानीय रक्सीलाई ब्राण्डीङ गर्ने र आयातित मदिरा प्रतिबन्ध लगाउने सोचमा छौं,’  वडा अध्यक्ष रिसालले भन्नुभयो– ‘त्यसपछि वडाबाट रक्सी बाहीर निर्यात गरिन्छ र यो वडालाई मदिरा सेवन गन प्रतिबन्धीत वडाको रुपमा स्थापित गरिनेछ ।’
कार्यक्रमा बोल्दै स्थानीय समाजसेवी नारायण श्रेष्ठले रक्सी मात्रै उत्पादन गरेको नभई कसैको घरबास उजाड्न सहयोग गरेको धारणन राख्नुभयो । धुक्कुन कृषि सहकारीका अध्यक्ष बलराम न्यौपानेले रक्सी सम्बन्धि विभिन्न उदाहरणहरु प्रस्तुत गरी समाजमा रहेको विकृतिलाई जरैदेखि नफाली समाजको उन्नती नहुने बताउनुभयो ।

, , , , ,