एसइइ परिक्षाको प्रश्न पत्र बाहीरिनु सरकारको कम्जोरी ः नेपाली काँग्रेस ;





 नेपाली काँग्रेसले  माध्यमिक शिक्षा परिक्षाको प्रश्न पत्र  परिक्षा समय अगाडी नै बाहिरीनुमा  सरकार नै दोषी रहेको बताएको छ ।  यसमा अरुलाइ दोष दिनु भन्दा पनी सरकारले आफै जिम्मेवारी लिएर परिक्षा नियमित सञ्चालन गर्नु पर्ने मा त्यसो हुन नसकेकोमा सरकारको गैरजिम्मेवारी, अनुत्तरदायी र नालायकपनको पराकाष्ट हो  भनेको छ । नेपाली काँग्रेसले आइतबार बिज्ञेप्ती प्रकाशन गर्दै त्यस्तो बताएको हो  ।  नेपाली काँग्रेस द्धारा आइतबार जारी बिज्ञेप्ती अनुसार प्रश्नपत्र बाहिरिएकोमा सरकारका पदाधिकारीले एक अर्कोलाई जिम्मेवारी थोपर्नु सरकार र सरकारका पदाधिकारीहरुको ज्यादै गैरजिम्मेवारी कार्य भएकोले यस घटनाको जिम्मेवारी सरकारले लिनु पर्दछ  भनीएको छ । यसबाट विद्यार्थी र अभिभावकमा पर्न गएको पीडाको लागि सरकारले माफी माग्दै दोषी उपर कारवाही गर्न र स्थगन भएको परीक्षाको अविलम्ब मिति तय गरी परीक्षा सम्पन्न गर्नुका साथै सयममै परीक्षाफल प्रकाशन गर्न समेत काँग्रेसले नेपाल सरकारसँग  माग गरेको छ । कााग्रेसको  प्रमुख सचेतक बाल कृष्ण खाड द्धारा जारी बिज्ञेप्ती मा  शिक्षा सेवा आयोगको  बिषयमा समेत आफ्नो धारणा  राखेको छ , काँग्रेसले  बिज्ञेप्तीमा भनेको छ  शिक्षा सेवा आयोगबाट शिक्षकहरुको आन्तरिक परीक्षाको नतिजा प्रकाशन भएको छ । शिक्षा सेवामा अनुत्तीर्ण हुने र परीक्षामा सहभागी हुन नपाएका शिक्षकहरुलाई सरकारले अवकाश दिने निर्णय गरेको छ ।  अवकाश हुने शिक्षकहरुको मागको वेवस्ता गर्दै रिक्त हुने शिक्षकहरुको संख्या व्यवस्थापन नगरी मा.वि. तह ः ११०८, नि.मा.वि. तह ः १६३५, प्रा.वि तह ः ९९९६ गरी कुल १२७३९ शिक्षकलाई अवकाश दिने सरकारको परिपत्र एवं निर्देशन अत्यन्त गैरजिम्मेवारपूर्ण कार्य हो । सरकारको यस्तो गैरजिम्मेवार कार्यले गर्दा विद्यालयहरुको वार्षिक परीक्षाको अन्तिम नतिजा प्रकाशन गर्ने र सँगैसँगै नयाँ शैक्षिकसत्र प्रारम्भको समयमा विद्यालयहरुमा शिक्षकहरु रिक्त रहने अवस्था सृजना भएको छ । शिक्षकहरुको मागलाई सम्बोधन गर्दै सामुदायिक विद्यालयमा यथाशीघ्र शिक्षकको व्यवस्थापन गरी विद्यालयको पठनपाठन र शैक्षिक वातावरण कायम गर्न समेत सरकारको ध्यानाकर्षण गराउँदछौं  बिज्ञेप्तीमा भनीएको छ ।