नगरका कोही पनी कुनै सुबीधाबाट बञ्चीत हुन नपरोस प्रमुख तामाङ्ग


चौतारा सँँगाचोक गढी नगर पालीका भित्रका कुनै पनी नागरिकहरुलाइ  खाने पानी तथा स्वास्थ्य लगाय  समस्या हुने खालका काम कही कतै बाट पनी हुन नहुने चौतारा साँगाचोक गढी नगर पालीकाका प्रमुख अमान सिंह तामाङ्गले  बताउँनु भएको छ ।
उपरोक्त सम्बन्धमा यस सिन्धुपाल्चोक  स्थित  चौतारा साँगाचोक गढी नगर पालीका  भित्र रहेका बिशेष  गरि बजार क्षेत्रमा बिगत केही दिन देखी खाने पानीको हाहाकार जस्तै भइरहेकोब्यहोरा  जानकारी  गराउँन चाहान्छौ  । यस सम्बन्धमा  स्थानीय जनप्रतिनीधीहरुबाट  हुन पर्ने सहयोग  नभएको हो की भन्ने  स्थानयिमा पर्न जाने भएका ले  ।
यस सम्बन्धमा नागरिकहरु पनी अनबिज्ञ रहेका छन ।   तत सम्बन्धमा तत्काल नगर  पालीकाबाट यस सम्बन्धमा अबाश्यक पहल कदमी हुन हार्दीक अनुरोध गर्द छौ ।   खाने पानी तथा  स्वास्थ्य जस्तो अत्याबश्यकसेवामा यसरी  हुने गरेको अबरोधका कारण  नगरको समेत हाल सम्म गरिरहेको सबै कार्यक्रमहरु ओझेलोमा पर्ने भएकाले  तत्काल यसको सम्बोधनका लागी माग गर्दछौ ।   यस सम्बन्धमा के कसरी हुन्छ । तत्काल ब्यबस्था मिलाइ दिन हुन समेत यसै पत्र मार्फत  हार्दीक  अनुरोध गर्द छौ , भनीएको छ । नगर सुधार समितीका  कमला गिरी सहति बजारका महीलाहरुको समुहले नगर प्रमुख तामाङ्गलाइ पत्र बुझाउँदै  नगरमा पानी र सडक लगाएत सरसफाइको उचित ब्यबस्थापन गर्न माग गरेका छन ।

उँहाले जनताका मागलाइ सम्बोधन गर्न  सकिएन भने आफुपनी यस ठाँउमा बसेको महत्व नहुने बताउँदै  तत्काल समस्या समधानका लागी पहल गर्न सबैलाइ  अनुरोध गर्नु भएको छ ।  नगर सुधार समितीले  जिल्लाको सदर मुकाम समेत रहेको चौतारा बजारमा पछिल्लो समयमा देखीएको खानेपानीहाहकार को समस्यालाइ लिएर बुझाइएको ज्ञापन पत्र बुझ्दै  यस्तो बताउँनु भएको हो । उँहाले नगर सुधार समिती पदाधिकारीहरु तथा बजारका महीला हरुको समुह  कै अगाडी  सोम बार नै अरु सबै कार्यक्रम स्थगित गरेर भए पनी सरोकारवालाहरुको बैठक बोलाइ  यसको टुङ्गो लगाउँने बताउँनु भएको छ । चौतारा साँगाचोकगढी नगर पालीकाका बजार बासलिाइ खाने पानी उपलब्ध गराइ रहेको जुगल थालखर्क होल्चे खानेपानी समिती, उपभोक्ताका प्रतिनिधी  नगर सुधार समितीका प्रतिनिधी , डिभीजन खानेपानीका प्रतिनिधीहरुलाइ समेत बैठक बोलाइ खाने पानी तथा सरसफाइको  आबश्यक    मिलाउँने समेत उँहाले बताउँनु भयो । लामो समय देखी चौतारा बजारमा खाने पनी को समस्या , सडकको  धुलोको समस्या  देखीए पछी  बजार बासीहरु सहित नगर सुधार समितीले यस तर्फ ध्यानकर्षण भएको बताउँदै तत्काल समस्या समधान गर्न माग गरेको हो । समितीका अध्यक्ष नेत्र बहादुर बस्नेत द्धारा बुझाइएको हस्ताक्षर पत्रमा भनीएको छ ,


                   

, , , ,