दोलालघाटको कवितामा महिलाको पिडा

एकराज श्रेष्ठ, दोलालघाट ।
बलात्कारको पीडा भोगेकी नारीलाइ के को महिला दिवस
भ्रुणमै  मारिएकीलाइ केको अर्थ महिला दिवस
दाईजोको निहुमा घर न घाट पारिएकीलाइ कहिले आउँछ महिला दिवस,
मासिक रज्वस्वला संगै छाउगोठमा थुनिएकी लाई कहिले आउँछ महिला दिवस


१०९ औं अन्तराष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा दोलालघाटमा महिलाहरुले कविताबाट आप्mना पिडा पोखे । बुधबार श्रृजनशिल महिला विकास समुहले दुलालेश्वर माध्यामिक विद्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महिलाहरुले पिडा पोखेका हुन् ।
दोलालघाट सहकारी सञ्जाल सहित दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लब, दुलालेश्वर माध्यामिक विद्यालय, हाम्रो दोलालघाट राम्रो दोलालघाट समाज तथा दुलालेश्वर साकोसको विशेष सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो । बुहारी समुह दोलालघाटको सहभागितामा सम्पन्न उक्त कार्यक्रम दुलालेश्वर साकोसका संस्थापक अध्यक्ष शुरेसकुमार कक्षपति, कोषाध्यक्ष ओम प्रधान, ऋण समितिका संयोजक दिलिप श्रेष्ठको विषेश सहयोगमा सञ्चालन भएको थियो । ‘लैङ्गिक समानताका लागि, समान सोच र ब्यवहार, समृद्धिको आधार’ भन्ने मुल नाराका साथ दुई बर्ष अघि स्थापित संस्थाले सामाजिक रुपान्तरको लागि महिलाको भुमिकामा पनि अग्रणी स्थानमा रहेका छ । समुहले सामाजिक रुपान्तरणको लागि विशेष भुमिका निभाउदै आएको समुहकी उपाध्यक्ष रत्नेश्वरी श्रेष्ठले बताउनुभयो । ‘राज्यबाट आरक्षीत ३३ प्रतिशत कोटा व्यवहारमा लागु गर्न हामि क्रियाशिल छौं,’ श्रेष्ठले भन्नुभयो –‘यसको लागि समाज, टोल र घरघरमा पुरुषहरुले पनि साथ लिई महिलाले बोकेका सपना साकार बनाउन सबै पक्षले सहयोग गर्नुपर्दछ ।’
कार्यक्रममा बोल्दै दुलालेश्वर माध्यामिक विद्यालयका शिक्षीका सरिता चौलागाँईले महिलाको हक र अधिकारको लागि आफै सक्षम हुनुपर्ने भन्दै मागेर हैन लडेर आप्mनो अधिकार लिनुपर्ने धारणा राख्नुभयो । प्रमुख अतिथी संस्थाका संस्थापक अध्यक्ष गोमा बुढाथोकीले पनि कविता मार्फत प्रस्तुत भएका महिलाका पिडाहरु साँच्चै मर्मस्पर्शि भएको र यो पिडा कम गर्न सबै पक्षले आ–आप्mनो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो ।
संस्थाले हरेक बर्षका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला दिवस सभ्य र भव्य रुपमा मनाइ सफल बनाउने लक्ष्य राखेको भुम्लु गाउँ पालिकाका सदस्य र न्यायिक समितीका सदस्य समेत रहनु भएका संस्थाका अध्यक्ष उर्मिला बराईलीले बताउनु भयो । बराइलिले महिला जांगरणको निमित यस्ता दिवसहरुले विशेष टेवा पुर्याउने हुदा आगामी बर्षबाट गाउँपालिकाबाट बजेट बिनियोजनको लागि पहल गर्न आवश्यक कदम अगाडि बढाउने वचनबद्धता गर्नु भएको थियो । दोलालघाटका विभिन्न संघ संस्थाका महिला सदस्यहरुको समेत उपस्थिती रहेको सो कार्यक्रममा पहिलो पटक सम्पन्न उक्त कार्यक्रममा सय भन्दा वढी महिलाहरुको उपस्थिती थियो ।