सिन्धुपाल्चोकमा छुट तथा पुनः जाँच सर्वेक्षण सुरु


लोकप्रिय समचार

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावितको छुत तथा पुनः जाँच सर्वेक्षण आजबाट सुरु गर्नेभएको छ ।
लामो समयदेखि गुनासोको फारम भरेर बसेका लाभग्राहीको पहिचानको लागि अन्तिम पटकको लािग पुनः सर्वेक्षण सुरु गरेको हो ।

बिहीबार जिल्ला कार्यान्वयन इकाई सिन्धुपाल्चोकले सर्वेक्षणमा जाने प्राविधिकहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरी प्राविधिकलाई गाँउमा पठाएको छ । इकाईका निमीत्त कार्यालय प्रमुख सन्तोष कुमार निरौलाले प्रत्येक गाउँ तथा नगरपालिकामा दुई जनाका दरले प्रविधिक खटाइएको र चार वटा पालिकामा भने थप एक एक जना प्राविधिक पठाइएको बताउनुभयो ।
‘स्थानीय तहको गुनासोको चापको आधारमा चार पालिकामा भने थप प्राविधिक खटाएका हौं,’ निमित्त प्रमुख निरौलाले भन्नुभयो– ‘हामी जीिसक्दो छिटो सर्वेक्षण सकेर जनतालाई सुरक्षीत आवासको बाटोम लैजाने तयारी गरिरहेका छौं ।’ सर्वेक्षण छिटो सक्नका लागि चौतारा साँगाचोकगढी नगरपालिका, सुनकोसी गाउँपालिका, इन्द्रावती गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा थप प्राविधिक खटाइएको हो ।
सर्वेक्षणमा गुनासोका लागि फारम भरेका सबैको अनुगमन गरिने छ । अभिमुखीकरणमा बोल्दै जिल्ला समन्वय समितिका प्रमख कृष्णगोपाल तामाङले वास्तविक भूकम्पपिडित लाभग्राहीको सुचिमा रहनुपर्ने बताउनुभयो । प्राधिकरणले गुनासो सम्बोधनको लागि स्वीकृत छुट तथा पुनः जाँच सर्वेक्षण कार्य सञ्चालन सम्बन्धी कार्यविधि २०७५ को विषयमा बोल्दै जिसस प्रमुख तामाङले सिन्धुपाल्चोकमा रहेका सबै वास्तविक भुकम्पपिडीतको लाभग्राहीको सुचिमा पर्न पाउने अधिकारको रक्षा गर्ने बताउनुभयो ।
‘हामीलाई गुनासोमा नाम दर्ता गर्नुभएका हरेक नागरीकले गुनासो कहिले सम्बोधन हुन्छ भनेर प्रश्न गरीरहनहुन्थ्यो,’ प्रमुख तामाङले भन्नुभयो– ‘अब त्यस्ता प्रश्न गर्ने वास्तविक भूकम्प पीडित नागरिकले लाभग्राहीको रुपमा अनुदान प्राप्त गर्ने ढोका खुलेको छ ।’ सर्वेक्षणम जाने सर्वेक्षकले सकेसम्म छिटो सर्वेक्षण सकेर हरेक दिन इलोक्ट्रोनिक्स फाइन केन्द्रम पठाउने र वास्तविकताको आधारमा निर्णय हुने कार्यान्वायन इकाइका निमित्त प्रमुख निरौलाले बताउनुभयो ।


, , , ,
Lokpriyasamachar@. Powered by Blogger.