पाँचपोखरीमा अन्तरक्रिया

पाँचपोखरी गाँउपालिकाले आप्mना विकास निर्माण तथा अन्य गतिविधिको बारेमा जानकारी गराउने उद्देश्यले जनप्रतिनिधि र सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । लोकप्रिय नेत्रज्योती सञ्चार समुहको आयोजनामा सो अन्तरक्रिया कार्यक्रम सञ्चालन गरको हो ।
सो कार्यक्रममा गाँउपालिकाको सबै वडाका स्वास्थ्य चौकीहरुमा बर्थीङ सेन्टर सञ्चालन गर्ने उद्देश्यका साथ अहिलेसम्म छ वटा वडामा सञ्चालनमा आइसकेको गाँउपालिका प्रमुख टासी लामा ह्योल्मोले जानकारी दिनुभयो । गाँउपालिका भित्रका वा बाहिरका बर्थिङ सेन्टरमा सुत्केरी गराउने पालिकाभित्रका आमालाई सरकारले दिने प्रोत्साहन रकम तीन हजारमा गाँउपालिकाको तर्फबाट एक क्रेट अण्डा सहित एक हजार रुपैंया बराबरको पोषीलो खानेकुरा उपहार दिइने गरेको लामाले बताउनुभयो । आमा र बच्चाको सुरक्षाको लागि यस्तो योजना ल्याइएको हो ।
त्यस्तै पालिकाले आप्mनो क्षेत्रभित्रका वडाहरुमा स्थानीय उत्पादन को प्राथमिकीकरण गर्दै आलु, मुला, चिया पकेट क्षेत्र समेत घोषणा गरिएको र त्यस्ता क्षेत्रमा उत्पादको लागि आवश्यक सहयोग समेत गर्ने बताउनुभयो । ‘पालिकाका हरेक वडालाई कुनै न कुनै विषेशतायुक्त बनाउने हाम्रो अभियान हो,’ अध्यक्ष लामाले भन्नभयो –‘त्यसको लागि आवश्यक बजेड र पुर्वाधारको व्यवस्था गर्दै लानेछौं ।’
गाँउपालिकाले पाँचपोखरीमा पर्यटन विकासको लागि सो क्षेत्रको विकास गर्ने योजना समेत बनाएको छ । पर्यटन उद्योगको विकासले स्थानीयको आयस्तरमा समेत बृद्धि हुने हुनाले यसको लागि गाँउपालिका गम्भीर भएर लागेको अध्यक्ष लामाले बताउनुभयो । ‘हामिले देउरालीदेखि पाँचापोखरीसम्म केबुलकारको लागि प्रस्ताब गरेका छौं,’ लामाले भन्नुभयो –‘विभिन्न कानुनी प्रकृया पुरा गर्दै स्विकृतीको अन्तीम चरणमा हामि प्रवेश गरिसकेका छौं ।’
पाँचपोखरी पर्यटन मार्गको कालोपत्रेको काम शुरु भैसकेको जानकारी दिदै लामाले दुईवर्ष भित्र सबै सडक कम्तीमा दोहोरो सवारी चल्नसक्ने गरि विस्तार गरिरहेको जानकारी दिनुभयो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.