तालिमले थप्यो उत्साह

  • बाह्रबिसे नगरपालिका– ८ कि रविना भण्डारीले टेलर व्यवसाय सञ्चालन गर्नको लागि सिलाई मेसिन ल्याएर राखिसक्नुभयो । विहीबार साथिहरु सहित थप सामाग्री खरिद गर्नको लािग बोलेरो गाडी रिजर्भ गरेर काडमाण्डौ तिर लाग्नुभयो ।
  • सोहि ठाँउकी कमला लामाले सिलाई व्यवसाय सञ्चालन गरेको एक वर्ष पुग्न लाग्यो । पार्टनरमा व्यवसाय सञ्चालन गरेर व्यवसायकै लागि लिएको ऋणको किस्ता र घरभाडा तिरेर पनि मासिक ५ हजार बचत भैरहेको छ । अब भने सो आम्दानीमा वृद्धि हुने उहाँको अपेक्षा छ ।
  •  मानेश्वाँराकै सरिता भण्डारीले २०७० सालमा नै सिलाइ कटाइ तालिम लिनुभएको थियो । घरायसी समस्या र आफुमा आत्मविश्वास पनि नबढेपछि उहाँ त्यतिकै बस्नुभयो । तर अब सिलाईकटाई व्यवसाय गरेर आम्दानी गर्नसक्ने सम्भावना उहाँले देख्नुभएको छ ।
यी त प्रतिनिधि घटना मात्रै हुन् । बाह्रविसे नगरपालिका– ८ मा सेसो नेपाल र टुकी संघ सुनकोशीको सहयोगमा एक महिने एड्भान्स सिलाई कटाई तालिम सञ्चालन गरेपछि उहाँहरु जस्तै १२ जना महिलामा सिलाइ कटाईबाट आयआर्जन गर्न सकिन्छ भन्ने उत्साह थपिएको छ । पहिलेदखि नै व्यवसाय सञ्चालन गरेर बसेको भएपनि नजिकै रहेको भद्रकाली माध्यामिक विद्यालयका विद्यार्थी सर्ट पाइन्ट सिलाउन टेलरमा आँउदा नसक्ने भनी फर्काएको तितो अनुभव संगाल्नु भएकी कमला लामासँग छ ।
तर अब भने पुरुषले लगाउने सर्ट, पाइन्ट, दौरासुरुवाल लगाएतको कपडा सिलाउन उहाँ सक्षम हुनहुन्छ । ‘अब त कसैले ल्याएको कपडा पनि सिलाउन जान्दिन भनेर फर्काउनु पर्दैन,’ लामाले भन्नुभयो– ‘त्यसकारण अब आम्दानी पनि पहिले भन्दा धेरै नै बढी लिनसक्छौं ।’ विद्यालयका विद्यार्थीहरुको कपडा अब आफैंले सिलाउन सक्ने भएकोले त्यहीँबाट पनि आफूले मनग्य आन्दानी लिनसक्ने उहाँको अपेक्षा छ ।
सरिता भण्डारीले पनि सर्ट, पाइन्ट सिलाउन नजानेकै कारण सिलाई व्यवसाय सञ्चानल गर्न सक्नुभएको थिएन । तर अब भने सबै प्रकारको कपडा सिलाउन सक्ने भएपछि आप्mनै व्यवसाय सञ्चालन गर्न लाग्नुभएको छ । ‘पहिले त कुर्था सुरुवाल मात्र्र सिलाउन आउने भएकोले पसल खोल्नै मन लागेन,’ भण्डारीले भन्नुभयो– ‘तर अब त ढुक्कले व्यवसाय सञ्चालन गरेर आप्mनै खुट्टामा उभिन सक्छु भन्ने आँट आएको छ ।’ बाह्रविसे बजारमा छ महिने तालिम लिएको भएपनि त्यसबाट सबै कुरा सिक्न नपाएको र अहिले भने धेरै कुराको ज्ञान भएको भण्डारीले बताइन् ।
उनीहरुलाई आवश्यक सहयोग गर्न जिल्ला समन्वय समितिका उपसभापति बालकुमारी सापकोटाले वचनबद्धता दिनुभएको छ । विहीबार उनीहरुको टेलरमै पुगेर सापकोटाले सीप सिकेर आत्मनिर्भर बन्न लागेकोमा सबैलाई बधाई दिदै व्यवसाय दर्ता लगाएत अन्य प्राविधिक कुराहरुमा पनि सहयोग गर्ने बताउनुभएको हो ।

, , , ,