शब्द–सारथिद्वारा बाल साहित्य विशेष शृङ्खला सञ्चालन

बाल साहित्य पुरस्कारका लागि एक लाखको अक्षयकोष घोषणा
शब्द–सारथि सुन्ने सुनाउने शृङ्खलाले २२ औं शृङ्खला बालसाहित्य विशेष बनाएको छ । शुक्रबार भएको शृङ्खलामा १२ जना बालबालिकाले आफ्नो सृजना प्रस्तुत गर्नुभएको थियो ।
जिल्लामा साहित्य प्रबद्र्धनको लागि विभिन्न कार्य गर्दै आएको सारथिले राष्ट्रिय बालसाहित्य सम्मेलनको अवसर पारेर बालसाहित्य विशेष शृङ्खला सञ्चालन गरेको हो । शृङ्खलामा पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवीले सारथिले नियमित रुपमा सञ्चालन गर्दै आएको सुन्ने सुनाउने कार्यक्रम बहुउपयोगी रहेको बताउनुभयो । ‘यो कार्यक्रमले सिर्जनात्मक हुन निक्कै सहयोग पु¥याउँछ’, उहाँले भन्नुभयो– ‘राजधानीमानै साहित्य क्षेत्रमा साप्ताहिक गतिविधिहरु न्यून हुँदै गएको बेला सिन्धुपाल्चोमा गरिनु सह्रानिय छ ।’ उहाँले शृङ्खलाको निरन्तरताको कामना समेत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल बाल साहित्य समाजका अध्यक्ष शैलेन्दुप्रकाश नेपालले युवाहरुको सक्रियतामा साहित्यिक समूह स्थापना गरी निरन्तर कार्यक्रमहरु गर्दै आएकोप्रति शब्द–सारथिको प्रशंशा गर्दै यस्ता कार्यक्रम बस्ती बस्तीसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा साहित्यकारहरुले आपूmले प्रकाशन गरेको पुस्तक समेत शब्द–सारथिलाई हस्तान्तरण गर्नुभएको थियो । शृङ्खलामा शब्द–सारथिले अहिलेसम्मको गतिविधिलाई समेटी प्रकाशन गरेको ‘ब्रोसर’ वितरण गरेको थियो ।
अक्षयकोष घोषणाM
 शृङ्खलामा मित्र प्रतिष्ठानले जिल्लामा लेखिने साहित्यको प्रवद्र्धनका लागि बाल साहित्य पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार साहित्यकार कृष्ण सुवेदी (भारद्वाज मित्र)ले आफ्नो आमाको सम्झनामा बाल साहित्य पुरस्कारको घोषणा गर्नुभएको हो ।
हरेक वर्ष प्रदान गरिने पुरस्कारका लागि जिल्लामा सञ्चालित सुन्ने सुनाउने शृङ्खला शब्द–सारथिले संयोजन गर्ने गरि एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको हो । सुवेदीको स्व. आमा लीलाकुमारी सुवेदीको सम्झनामा सो पुरस्कार वितरण गरिने छ । हरेक वर्षको कात्तिकमा प्रदान गरिने पुरस्कारका लागि शब्द–सारथिले व्यक्ति या संस्था छनोट गर्ने सारथिका सचिव सुन्दर शिरीषले जानकारी दिनुभयो ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.