नगर सुधार समितिले बुझायो ज्ञापनपत्र


चौतारा बजारमा खानेपानी हाहाकार भएको भन्दै नगर सुधार समितिले चौतारा साँगाचोकगढी नगरपालिकालाई ज्ञापनपत्र पेश गरेको छ । लामो समयदेखि बजारमा खानेपानी समस्या भएको , सडकमा धुलोले स्थानीय आक्रान्त बनेको भन्दै समितिले ज्ञापनपत्र पेश गरेको हो ।
ज्ञापनपत्र बुभ्mदै नगरपालीकाका मेयर अमानसिं तामाङले नगरपालिकाभित्रका कुनै पनि नागरीकलाई खानेपानी तथा स्वास्थ्य लगायतका क्षेत्रमा कुर्नै पनि पक्षले समस्या ल्याउन नहुने बताउनुभयो । ‘जनताको समस्या समाधान गर्न सकिन भनें म यो पदमा बस्नुको कुनै महत्व छैन,’ मेयर तामाङले भन्नुभयो –‘तत्काल समस्या समाधानको लागि पहल गर्न सबैलाई अनुरोध गर्दछु ।’ मेयर तामाङले आप्mना सबै कार्यक्रम स्थगीत गरेरै भएपनि सोमबारै सरोकारवालाहरुको बैठक राख्ने बताउनुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका बजारबासीलाई खानेपानी उपलब्ध गराई रहेको जुगल थालखर्क होल्चे खानेपानी समिती, उपभोक्ताका प्रतिनिधी  नगर सुधार समितीका प्रतिनिधी, डिभीजन खानेपानीका प्रतिनिधीहरुलाइ समेत बैठक बोलाइ खानेपानी तथा सरसफाइको  आबश्यक  व्यवस्था मिलाउने समेत उहाले बताउनुभयो ।
‘लामो समय देखी चौतारा बजारमा खाने पनी को समस्या , सडकको  धुलोको समस्या  देखीए पछी  बजार बासीहरु सहित नगर सुधार समितीले यस तर्फ ध्यानकर्षण भएको बताउँदै तत्काल समस्या समधान गर्न माग गरेको हो ।’ समितीका अध्यक्ष नेत्र बहादुर बस्नेत द्धारा बुझाइएको हस्ताक्षर पत्रमा भनीएको छ –‘उपरोक्त सम्बन्धमा यस सिन्धुपाल्चोकस्थित  चौतारा साँगाचोकगढी नगरपालीकाभित्र रहेका बिशेष  गरि बजार क्षेत्रमा बिगत केही दिनदेखी खानेपानीको हाहाकार जस्तै भइरहेको ब्यहोरा जानकारी  गराउँन चाहान्छौ  ।’
नगर सुधार समितीका  कमला गिरी सहीत बजारका महीलाहरुको समुहले नगर प्रमुख तामाङ्गलाइ पत्र बुझाउँदै  नगरमा पानी र सडक लगाएत सरसफाइको उचित ब्यबस्थापन गर्न माग गरेका छन् ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.