साँसदकोष योजनाको अनुगमन


लोकप्रिय समचार चौतारा
सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम समेत रहेको चौतारासाँगाचोकगढी नगर पालीकाका प्रमुख अमानसिंह तामाङ्गलाइ यती खेर बिकाशे कार्यक्रमहरुको अनुगमन गर्न भ्याइ नभ्याइ भएको छ । आफेनो वडामा बिकाशका बजेटहरुमा हिनामिना नहोस भन्नका लागी प्राय अनुगमनकमा नै ब्यसत रहने प्रमुख तामाङ्ग अहिले पनी अनुगमनमा नै ब्यस्त रहनु भएको छ । मा.सांसद शेरशहादुर तामाङको सांसद बिकास कोष अथवा निर्वाचन क्षेत्र बिकास कार्यक्रमबाट बिनियोजित रकम रु.१० लाख र चौतारा साँगाचोकगढी नगरपालिका बाट बिनियोजित ३ लाखको यार्सा – दुङदुङ – ओखरेननी सडक निर्माण कार्यको शुक्रबार बिहान प्रमुख  तामाङ, सहित राजनीतिक सल्लाहकार चन्द्रप्रसाद सापकोटा, स्वकीय सचिव मिलन लामा र बडाध्यक्ष सानुकान्छा श्रेष्ठ र स्थानीय समाजसेवीहरुले संयुक्त रुपमा योजनाको अनुगमन गरेका  छ न । कूल २० लाख लागत स्टमेट रहेको योजनाको काम सम्पन्न भएको मा बाँकी ७ लाख ५० हजारको नपुग भएको र थप स्टमेट तयार पारिएको नगरपालिकाको सव–ईन्जीनियर रामहरी नेपालले बताउनुभएको छ  । सडक निर्माण कार्यमा भिरको ३ मिटर देखी ६ मिटर सम्मको भाग गहिराएर निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका सचिव सुमन श्रेष्ठले बताउनुभयो । उक्त सडक निर्माणको लागि नगरपालिकाले थप रकम बिनियोजनसमेत गर्ने मेयर तामाङले बताउनुभयो । सो सडक निर्माणपछि स्याउले हूदै सेलाङ गोल्चे जानको लागि ४ किलोमिटरको दुरी कम भएको छ ।
 उक्त अवसरमा खानेपानी बिभागबाट निर्माण गरिएको स्याउलेको  बोल्देमा निर्माणधिन ट्याङ्कीको समेत अनुगमन गएिको छ । अनुगमन पछी नगर प्रमुख अमानसिंह तामाङ्गले  यस ट्याङकी निर्माण पश्चात  चौतारामा सहज खानेपानी आपूर्ती हुने  बताउँनु भएको छ । यसभन्दा अगाडी चौताराका ल्याउने खानेपानीको मार्ग पर्ने हुँदा बढी चुहावट भइरहेको थियो ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.