जिल्लाकै ठुलो राशीको फुटबलको खेल तालीका सार्वजनीक


सिन्धुपाल्चोक जिल्लाकै अहिलेसम्मकै ठुलो पुरस्कार राशीको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनीक गरीएको छ ।

तोप २१ को आयोजनामा चौताराका टुँडीखेलमा हुन लागेको दोस्रो चौतारा साँगाचोकगढी मेयर कप फुटबल २०७५ को तालिका पत्रकार सम्मेलन गरी सार्वजनीक गरीएको हो ।
चैत्र २० गते शुरु भई २८ गते सम्पन्न हुनेगरी खेल तालीका सार्वजनीक गरीएको हो । आइतबार पत्रकार, प्रतियोगी टिमका उपलब्ध प्रतिनिधि र आयोजक संस्थाका पदाधिकारीको विचमा गोला प्रथाबाट खेल तालीका निर्माण गरीएको हो । कुल १२ टिम सहभागी हुने उक्त प्रतियोगिता जिल्लाको इतिहाँसमा सर्वाधीक पुरस्कार राशीको प्रतियोगिता भएको जिल्ला फुटबल संघका उपाध्यक्ष अमृतमान श्रेष्ठले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद पाँच लाख पाँच हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुने टिमले भने नगद दुई लाख पाँच हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै खेल अवधिभरको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०÷२० हजार र ट्रफी र प्रमाणपत्र पाउनेछन् । जिल्लाबाट सहभागी हुने एक जुनियर खेलाडीलाई नगद १० हजार सहित सम्मान गरीनेछ ।
प्रतियोगितामा ए डिभिजनका त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी क्लब, रानीपोखरी कर्नर टिम (आरसीटी) र भगवती युथ क्लब टोखाले सहभागीता जनाएका छन् । त्यस्तै जिल्लाबाट सिन्धुपाल्चोक युथ टिम र जिल्ला फुटबल संघ, सिन्धुपाल्चोक सहभागी भएका छन् । त्यस्तै काभ्रे जिल्ला फुटबल संघ र दोलखा फुटबल संघले पनि सहभागी भएको छ । ति बाहेक झम्सीखेल युथ क्लब, मध्यपुर युथ एसोसियसन, सामाजिक विकास क्लब कोटेश्वर, प्लानिङ ब्वाइज पेप्सीकोलाले सहभागीता जनाएका छन् ।
कुल १२ टीम रहेको प्रतियोगितामा नक आउटको आधारमा ११ खेल हुनेछन् । प्रतियोगीताको उद्घाटन हुने २० गते विहान ८ बजे रक्तदान कार्यक्रम समेत आयोजन गरीएको छ । प्रतियोगितामा दर्शकको सहजताको लागि दुई हजार जना क्षमताको अस्थायी प्याराफिट समेत निर्माण गरिदैछ ।

, , , ,