चौतारामा तोप २१को ऐतिहासिक दोश्रो मेयरकप फुटबल सम्पन्न







 नेत्र बहादुर बस्नेतसिन्धुपाल्चोक जिल्लामा भएको एैतीहासिक  तोप एक्काइस दोस्रो चौतारा साँगाचोकगढी मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेलमा  रानीपोखरी कर्नर टीम(आरसीटी)े  जित हासिल गरेको छ ।  रानीपोखरी कर्नर टीम(आरसीटी) र त्रिभुवन आर्मीबीच   भएको प्रतिष्पधा मा रानीपोखरी कर्नर टीम(आरसीटी)ले जित हासिल गरेको हो । (मंगलबार) भएको दोस्रो सेमिफाइनल खेलबाट उपाधि होडका लागि आरसिटीसँग आर्मीको प्रतिस्पर्धा   भएको हो ।
१२ टिम सहभागी प्रतियोगिताको दोस्रो फाइनल  खेल बिहीबार  भएको हो  ।सर्र्वािधक पुरस्कार राशिको तोप २१ दोस्रो चौतारा सांगाचोकगढी मेयर कप फुटबल प्रतियोगिता चैत २० बाट  रक्तदानको कार्यक्रम गर्दै सुरु भएको हो ।

प्रतियोगितामा अजीत गुरुङ्गले गरेको गोलले बिजय भएको विजयी टिमले ५ लाख ५ हजार संगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेर आरसीटीले पहिलो पुरस्कार हात पारेको  छ । उपविजेता त्रिभुवन आर्मी  ले २ लाख ५ हजार संगै मेडल र प्रमाणपत्र प्राप्त गरि दोश्रो स्थान हात पारेको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी अजित गुरुङ्गसवार्धिक गोलकर्तालाई २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र, प्रदान गरिएको थियो । युवा खेलाडीचौतारा युथक्लबका संञ्जय बिष्टलाई नगद १० हजार प्रदान गरिएको छ  । बिजेताहरुलाइ पुरस्कार बितरण गर्र्दै पुर्ब मन्त्री  माननीय अग्नी प्रसाद सापकोटाले चौतारा साँगाचोकगढी नगरपालीकाले तोप २१लाइ खेलकुदमा सहयोग गरेर  नगरपालीकाले ऐतीहासिक कामगरेको बताउँदै स्वास्थ्य मानब तथा स्थानीय सबै खाले बिकाशका लागी खेल जगतको महत्वपुर्ण भुमिका रहेकाले यो भुमीका निर्बाह  गर्न नगरपालीका ले अग्रस्थानमा रहेर सहयोग गरेकोमा बिशेष धन्यबाद दिनु भयो ।
उँहाले खेलको समापन समारोहलाइ सम्बोधन गर्दै  सिन्धुपाल्चोक जिल्लामा रहेको १२ वटै स्थानीय तहले यस्ता खेलकुदको ब्यबस्था गरेर खेलकुद बिकाशमा गरेको योगदान प्रती बिशेष धन्यबाद दिदै  आगामी दिनमा अझ अगाडी बड्न अनुरोध गर्नु भयो । छिटै नेकपाको एकता वडा सम्म आइपुग्ने बताउनु हुदै सापकोटाले जनताको समस्याहरुको समधानका लागी सबै लागी पर्न अनुरोध गर्नु भयो ।
   चौतारा साँगाचोकगढी नगरपालीकाका प्रमुख अमान सिंह तामाङ्गले नगर भित्र भएका सबै खालका खेल तथा संस्कारहरुलाइ संरक्षण गर्ने र सबै नागरिकको इच्छा पुरा हुने खालका कामहरु गर्ने नगरपालीकाको योजना रहेकाले खेल जगतको बिकाश गर्न आबश्यक देखीयकोले यस क्षेत्रमा बिशेष सहयोग उपलब्ध गराइ रहेको बताउँनु भयो । आयोजक तोप २१ का अध्यक्ष अशोक कार्कीको सभापतित्वमा  दोश्रो ऐतीहासिक खेलको समापन गरिएको हो ।
टुडीखेलमा भएको खेल रोचक  र ऐतीहासिक भएको दर्शकहरुले जनाएका छन । कार्यक्रमको रेडीयो लोकप्रिय प्लानेट ८९.१चौतारा , रेडीयो लोकप्रियनेत्रज्याती१०६.६बाह्र्बिसे लगाएतका संञ्चार माध्यमहरुले कार्यक्रमको प्रत्यक्ष  प्रशारण गरेका थिए कार्यक्रममा सिन्धुपाल्चोक  गीत गाएनुका साथै अमीत घिमीरे  ले रचना गर्नु भएको चौतारासाँगाचोकगढी नगरपालीकाको गित गाएर राष्ट्र्ीय कलाकार चेतन सापकोटाले खेल हेर्न उपस्थित रहनु भएका सम्पुर्णमा मनोरन्जन दिलाउँनु भएको थियो ।
उजार सिंह तामाङ्गले संञ्चालन गर्नु भएको कार्यक्रममा  लोकप्रिय समचार रेडीयो लोकप्रिय प्लानेट लगाएतका संञ्चार गृह हरु तथा बिभीन्न  ब्यक्तीत्वहरुलाइ सम्मन गरिएको थियो ।  तोप२१का अध्यक्ष अशोक कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रम भब्य र सभ्य रुपमा एैतिहासिक तरिकाले सम्पन्न भएको थियो । उपस्थिती हेर्दा काठमाण्डौको रङ्गशालाको झझल्को दिइरहेको  थियो ।

, ,