सेनाको सहयोगमा खानेपानी


दिपिन ढुङ्गाना, मेलम्ची
२ नम्बर जगदल गण र स्थानीयको सहयोगमा निर्माण गरिएको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा खानेपानी उद्घाटन तथा हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले खानेपानीको उद्घाटन गर्दै ट्याँङ्की र धाराहरुको संरक्षण उपभोक्ताले गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रुद्रप्रसाद दुलालले खानेपानी निर्माण गर्न सहयोग गर्ने २ नम्बर जगदल गणलाई धन्यवाद दिनुभयो । ५ हजार लिटरको रिजर्भ ट्याङ्की नेपाली सेनाको ५ लाख रुपैँयाको सहयोग, स्थानीयको श्रमसहभागिता र वडा कार्यालयको समन्वयमा निर्माण गरिएको हो ।
खानेपानीकोे समस्या भोगिरहेका मेलम्ची नगरपालिका ११का दलित बस्तीका वासिन्दाको मुहारमा खुसी छाएको छ । खानेपानी आएपछि घर पुननिर्माणदेखि सिँचाइ गर्न समेत सहज भएको छ । स्थानीयवासी  रामकृष्ण रम्तेलले घर नजिकै पानि आएपछि खुशि ब्यक्त गर्नुभयो ।  पानी नहुँदा धेरै समस्या हुने गरेको थियो । निर्धक्कसँग पिउने पानीसम्म नभएको सो बस्तीमा अहिले पानी आएपछि सिँचाइको लागि समेत सुबिधा भएको छ । शर्मिला रम्तेलले भन्नुभयो । “अहिले त धेरै खुशि छौं धारो आएसँगै आफ्नै करेसाबारी लगाएको तरकारी खापाएका छौ” । मेलम्ची नगरपालिका वडा नम्बर ११को विपन्न दलित बस्तीमा खानेपानीको समस्या धरै पहिला देखि नै थियो । वडा बासिले पानि खान सम्म नपाएपछि आफ्नो पहलमा नेपाली सेनासँग समन्वय गरि खानेपानी निर्माण गरेको वडा अध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिनुभयो ।  बिस्थापित भुकम्प पिडितको आवश्यकता के हो ? र समुदाय सँग कसरी नजिक हुन सकिन्छ भनेर वडा अध्यक्ष र स्थानीयवासीसँग सरसल्लाह गरि खानेपानी निर्माण गरेको  नेपालि सेनाको भनाइ छ ।  पहिलेदेखि नै खानेपानीको अभाव झेलिरहेका दलित समुदायले पानी पाएपछि खुसी भएका छन् ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.