सहयोग गरेकोमा ओरेक लाइ बिशेष धन्यबाद तामाङ्ग

नेत्र बहादुर बस्नेत
 सिन्धुपाल्चा्क विल्लाको इन्द्रावती गाँउ पालीका  बिसदेउटार वडा न११मा किनारमा बसेका माझी परिवार हरुले एकै प्रकारका नँयां बास स्थान पाए  पछी खुशी भएका छन । पुर्ब कानुन मन्त्री माननीय शेर बहादुर तामाङ्गको प्रमुख अतिथ्यतामा र इन्द्रावती गाँउपालीकाका अध्यक्ष बंशलाल चामाङ्गको बिषेश अतिथ्यतामा  महीला स्थपना केन्द्रले  नँया भवन  हस्तान्तरण गरे पछी स्थानीय माझी समुदाय खुशी भएका हुन । महिला पुर्नस्थापना केन्द्र (ओरेक)को आर्थिक सहयोगमा ५६ वटा  माझी हरुको आवास बनाएर माझी बस्तीलाइ भवन हस्तानन्तरण गरेको हो । कार्यक्रममा प्रमुख अतीथी शेर बहादुर तामाङ्गले  भुकम्पबाट सबै भन्दा बढी पिडीत बनेको सिन्धुपाल्चोक जिल्ला  त्य माथी पनी माझी समुदाय जो पहीले देखी नै पिछडीएको बस्तीमा ओरकले भवन निर्माण गरेर ठुलो सहयोग गरेकोमा बिशेष धन्यबाद दिदै  आगामी दिनमा पनी सहयोगको निरन्तरमा जोड दिनु भयो । यन्द्रावती गाँउपालीकाका अध्यक्ष बंश लाल तामाङ्गले आफ्नो पालीकाका सबै नागरिक बराबर भएको छ सबैको हितका लागी काम गरिरहेको बताउँदै तल्लो स्तरमा रहेका नागरिकलाइ माथील्लो स्तरमा लग्न आफेनो भुमकिा रहने बताउँनु भयो । उँहाले यस बस्तीलाइ खाबश्यक पर्ने हरेक सहयोग गर्न आफु तयार रहेको बताउँदै आबश्यकताको पहिचना हुन पर्ने बताउँनु भयो । तामाङ्गले स्थानीय स्तरमा रोजगारको श्रृजनागर्न लागेको बताउँनु भयो । ओरेक नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले  बैठक कोठासहित ३ कोठे भवनको  नर्माण गर्न एउटा भवनको लागी  ५ लाख खर्च भएको बताउँनु भयो  ।  उँहाले स्थानीय लाइ उत्पादनमुलक काम गर्नका लागी आबश्यक पर्नै ‘बिउबिजन वितरण, सुधारिएको चुल्होउपलब्ध गराउँदै  विभिन्न जिविकोपार्जनसंम्बन्धी अभियान कार्यक्रम  संञ्चालन गरीरहेको बताउँनु भयो ।ुकम्पमा बिस्देउटारमा मन्दिर, बस्तीदेखि सबै संरचना ढलाउनुकासाथै १२ जनाले पुरिएर ज्यान गुमाए ।, चैत्र २९शुक्रवार उक्त बस्तीको भबन हस्तानन्तर गरिएको हो हस्तानन्तरण कार्यक्रमका सभापती तथा वडा अध्यक्ष मने माझीले यस कार्यमा सहयोग गर्ने सम्पुर्णलाइ बिशेष धन्यबाद दिदै  वडाबासीको तर्फबाट सबैलाइ नयाँबर्षको शुभकामाना ब्यक्त गर्नु भयो ।

, ,