महिला लक्षित बासको मुढा निर्माण तालिम सम्पन्न


कमला गुरुङ ÷ बाह्रबिसे
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनमा चैत्र १ गते देखि शुरु भएको महिला लक्षित बाँसको मुढा निर्माण तालिम सम्पन्न भएको छ ।

बिशेष गरी ग्रामीण भेगका महिलाहरुलाई  सीप सिकाई सक्षम बनाउनको लागी तालिम दिईएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताउनुभयो । महिलाहरु आफुले सीप सिकीसकेपछि जस्तो सुकै काम पनि गर्न सक्ने र कोही कसैबाट आर्थिक रुपमा  हेपिनु पर्ने  समस्या पनि अन्त्य  हुदै जाने र महिला स्वयम पनि आर्थिक रुपमा अगाडी बढ्ने बिश्वास उहाँले  लिनुभएको छ । वडा नम्बर ३ मा भएको उक्त तालिममा ३० जना महिला सहभागी भएका थिए ।
महिलाहरु वडामा यसरी सीप सिक्न पाउँदा खुशी हुदै आगामी दिनमा पनि वडामा महिला लक्षित कार्यक्रम सञ्चालन भए महिलाहरुको सिप सिकाई  चौतर्फी रुपमा विकास हुने 
सहभागी महिलाहरुले बताए । तालिममा सहभागी सबै महिला बाँसको मुढा निर्माणमा सक्षम  भएको वडा नम्बर ३ का वडा अध्यक्ष सुकदेब रिसालले जानकारी दिनुभयो । वडाका ३० जना महिलालाई मात्रै नभई वडाका सबै महिलार्ला्ई रोजगार सम्बन्धी तालिम दिएर सक्षम महिला बनाउने  अध्यक्ष रिसालले बताउनुभयो । महिला लक्षित बासको मुढा निर्माण तालिममा सहभागीलाई महिलालाई  गाउँपालिका अध्यक्ष श्रेष्ठले प्रमाण पत्र बितरण गर्नु भएको थियो । कार्यक्रममा   रामकुमार थामी ले प्रशिक्षण दिनुभएको थियो  ।

, ,