पिडीतलाइ तत्काल सुबीधा दिन बैङ्कहरु सहमत


 सन्तोषी बस्नेत,
 सिन्धुपाल्चोक जिल्ला भित्र रहेका  पहिलो किस्ता लिएर घर बनाउँन नसकेका लाभग्रहीहरुलाइ सहुलियत कर्जा दिन बैङ्कहरु सहमत भएका छन ।

जिल्ला सम्मन्वय समितीका प्रमुख  कृष्ण गोपाल तामाङ्ग ले सिन्धुपाल्चोकका सबै  बैङ्कहरुलाइ  सहुलिएत कर्जा दिन अनुरोध गर्नु भएपछी बैङ्कहरुले सहमत जनाएका हुन ।  जिल्ला सम्मन्वय समितीका प्रमुख तामाङ्गकै अध्यक्षतामा बुधबार चौतारामा बसेको जिल्ला स्थित सबै बैङ्कका प्रतिनिधी, जिल्ला कार्यन्वयन इकाइका प्रतनिधी हरुको  उपस्थितीमा भएको बैठकले यस्तो सहमती जनाएको हो । जिल्ला प्रशाशन कार्यलयसिन्धुपाल्चोकका निमीक्त प्रमुख जिल्ला अधिकारी भिम बहादुर बस्नेत, जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक  माधब प्रसाद काफले  लगाएतका उपस्थितीमा भएको  बैठकले  जिल्लामा रहेका लाभग्रही हरु मध्य पहिलो किस्ता पचास हजार लगेर दोश्रो किस्ता लिन नसकेका लाभग्राहीहरुलाइ रकमको अभाबमा  बास स्थान निर्माणमा समस्या नपरोस भन्नका लागी  यस्तो निर्णय गरिएको हो । जिल्ला सम्मन्वय समितीका सदस्य सुकन्तला माझीका अनुसार  चौतारामा भएको बैठकमा सबै बैङ्कहरुले  आबश्यक कागजात पुरा गरि तत्काल त्यस्ता लाभग्रहीलाइ सहुलियत कर्जा दिने सहमत जनाएको  हो ।  हाल सम्म  सिन्धुपाल्चोकमा ८७८२८ जनाको लाभग्ही संख्या एकिन भएको भएता पनी ८५३७०  लाभग्रहीले पहिलो किस्ता लिएका छन भने ७९४३२ ले दाश्रो किस्ता लिएका छन ।
त्यस्तै ६२६४९ले तेश्रो तथा अन्तीम किस्ता लिइ बास स्थान बनाइ सकेका छन । यो निर्णय सँगै सिन्धुपाल्चोक जिल्लामा सहुलियत कर्जा तिनलाख रुपैया पाँउने को संख्या  ५९३८ रहेको छ । अर्थात पाँचहजार नौ शय अठतिस लाभ ग्रहीलाइ बैङ्कहरुले  सहुलियत कर्जा बापत  रु तिन लाख थप दिने ब्यबस्था भएकाले अब रकमको अभाबले कुनै पनी लाभग्रहहिरु   भवन बिहीन हुन नपर्ने जिल्ला सम्मन्वय समितीका प्रमुख तामाङ्गले बताउानु भएको छ । र उँहाले पहिलो किस्ता लिएर भवन निर्माण गर्न नसकेका  भुकमप लाभग्रहीहरुले तत्काल बैङ्कमा सम्पर्क राखी यो सुबिधा लियर बास स्थानको निर्माण गर्न सम्बन्धीत सबैलाइ अनुरोध समेत गर्नु भएको छ ।

, ,