डडेलो निभाउँन प्रयोगात्मक प्रशिक्षण चौतारामा





लोक प्रिय समचार 
रुख रोपौ बन जोगाउ भन्ने मुल नाराका साथ  बन डडेलो ब्यबस्थापन डेमो प्रदर्शन कार्यक्रम गरीएको छ ।
डिभिजन बन कार्यलय सिन्धुपाल्चोकको आर्थीक सहयोग र  सामुदायक बन उपभोक्ता नगर महासंघको  आयोजनामा सोमबार उक्त कार्यक्रम गरिएको हो ।
डिभजन बन कार्यलका डिभिजन प्रमुख देबि चन्द्र पोख्रेल  को  सभापतित्वमा  भयको  उक्त कार्यक्रममा शशस्त्र प्रहरी उपरिक्षक  नारायण श्रेष्ठ सहीत शशस्त्र प्रहरीहरु नेपाली सेनाका गोरख बक्स गणका  साहक गणपती सेनानी  दिलीप थापा लगाएतका सेनाहरु जिल्ला प्रहरीकार्यलय सिन्धुपाल्चोकका  प्रहरी निरीक्षक  जगदिश रेग्मी सहित का प्रहरीहरु  संञ्चार कर्मीहरु  लगाएतको उपस्थिती रहेको थियो चौतारा साँगाचोक गढी नगरपालिका स्थित लाम्पाते सामुदायक बन को ठुलो चौउरमा भएको कार्यक्रमको संञ्चालन सामुदायक बन उपभोक्ता नगर  महासङ्का अध्यक्ष जनक गिरीले   सञ्चालन  गर्नु भयको  थियो । कार्यक्रममा  डिभीजन बन कार्यलय सिन्धुपाल्चोकका डिभिजन प्रमुख  देबी चन्द्र पोख्रेलले जङ्गलमा आगो लाग्नु मुख्य कारण  मानिसको कम्जोरी रहेको बताउँनु भयो । उँहाले आगो नियन्त्रण गर्नु भन्दा पनी आगो लाग्नै नदीनु   तर्फ ध्यान दिन पर्ने बताउँनु भयो ।  अहिले सम्म भएको आगलागीमा   मानिसकै कारण ९९.९   प्रतिशत आगलागि हुने गरेको तथ्याङ्क रहेको बताउँनु भयो ।
बनमा लागेको डढेलो नियन्त्र गर्न एक्लैको प्रयासबाट नसकिने भएकाले सबैले मिलेर  आगो नियन्त्रण गर्न लागी पर्नु पर्ने बताउँनु भयो ।  उँहाले नेपालमा  प्रकृतीक बन डडेलो १ प्रतीशत  भन्दा पनी कम हुने र कृतीम बन डडेलो ९९ प्रतीशत भन्दा बढी हुने बताउँनु भयो ।  चट्याङ्ग हाबाहुरी तथा  सुर्यको तापक्रम तथा चट्टान ठक्कर खाएर   लाग्ने  डडेलो  लाइ प्रकृती र बास्तबिक आगो तथा सलाइ चुरोटको ठुटाहरुबाट  र मानीहरुबाट जानी जानी तथा नजानी गरिएको आगजानीका कारण हुने बन डडेलो लाइ कृतीम बन डडेलो भनीने गरेको बताउँनु भयो ।स्वागत मन्तब्य राख्दै बन उपभोक्ता महासघंका पुर्ब केन्द्रीय सदस्य रामचन्द्र बस्नेतले बन सरक्षण गर्न सके मात्र  मानबि बिकासमा थप सहयोग  हुने बताउँनु भयो। उँहाले यस्तो प्रकारका प्रयोगात्मक  परिक्षण गरेर सपि सकिेपछी अरुलाइ पनी सिकाउँन पर्नै बताउँनु भयो । नेपाली सेना,जनपथ प्रहरी , शशस्त्र प्रहरी द्धारा आधुनिक तरिकाबाट  उपभोक्ता सबेैले आगलागी भएको ठाँउमा आगो निभाएर प्रयोगात्मक शिक्षा लिएका थिए । विशेष अतिथी चौतारा साँगाचोक गढी नगरपालिका वडा न ५का वडाध्यक्ष्यले  यो समय भनेको बढि बन मा आगो लाग्ने मौसम भएकोले  यस्तो प्रशिक्षण कार्यक्रम राखेर गरेको कार्यको प्रशंसा गर्दै  यस्ता प्रकारका जनचेतना कार्यक्रम गर्दै  उपभोक्तालाइ सचेत गराउने  काममा अग्रसर भएकोमा  विशेष धन्यबाद दिनु भयो । उँहाले  आगो लाग्न नदिन प्रयासरत रहनु पर्ने र  यहाँ सिकेका कामहरु आआफ्नो उपभोक्ता सम्बन्धि सिकाए र  अगाडि बढ्न पर्ने बताउनु भयो । 


, , ,