बाह्रबिसे नगरपालिकाले जनताको घरदैलोमा सेवा पुराउँदै


कमला गुरुङ 
बाह्रबिसे नगरपालिकाले जनताको घरदैलोमा सेवा तथा सुविधा पुराउने उदेश्यले सञ्चालन गरेको एकीकृत घुम्ती शिबिर बाह्रबिसे नगरपालिका वडा नम्बर ५ सिङ्गार्चेमा सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचन पछि गाउँ गाउँमा नै जनताले सेवा तथा सुविधा  लिदै आईरहेका छन् । जनप्रतिनीधीहरुले पनि जनताको भावना अनुसार स्थानीय तहमा काम गर्दै आईरहेका छन् । जनताले स्थानीय सरकार गाउँ गाउँमा आएको महशुस गर्न थालेका छन् । पछिल्लो समय बाह्रबिसे नगरपालिकाले जनताको घरदैलोमा सेवा पुराएर विकास निर्माणको काममा तीव्रता दिएर अगाडी बढेको छ ।   नगरपालिकाको ९ वटै वडामा घुम्ती शिबिर सञ्चालन गर्नेे  योजना रहेको छ । आज भएको शिबिरमा १८१ जनाले स्वास्थ्य परीक्षण , कृषि सेवातर्फ २०० घरधुरी ,  १३८ घरधुरीले पशु सेवा , नेपाल बङ्गलादेश बैँक खाता सिफारिस ७ जना , ५ जनालाई अपाङ परिचयपत्र  वितरण गरिएको छ ।

बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले आफु निर्वाचित हुने बेलामा जनतासँग गरेका प्रतिबद्धता पुरा गर्ने बताउनुभयो ।  नगरपालिकामा अहिले स्वास्थ्य , शिक्षा , पुननिर्माण र सडक स्तरउन्नतीको कामले  तीव्रता लिईरहेको र बाह्रबिसे नगरपालिकालाई नमुनाका रुपमा विकास गर्दै जाने प्रमुख शेर्पाले जानकारी दिनुभयो ।  शरीर स्वस्थ रहेमा मात्रै मानिसले काम गर्न सक्ने भएकाले नगरपालिकाले  स्वास्थ्यलाई मध्यनजर राख्दै घुम्ती शिबिर सञ्चालन गरेको बताउनुभयो । वृद्ध वृद्धालाई हेला र अपमान हैन मायाँ र ममता दिदै उनीहरलाई सम्मान गर्नुपर्ने र  अपाङगता भएका ब्यक्तिहरुलाई साथ र सहयोग दिएर अगाडी बढ्नको लागी हौसला प्रदान गर्नुपर्ने र नगरपालिकाले वृद्ध वृद्धा र अपाङगता भएका ब्यक्तिहरुको लागी सम्मान र अपाङगता परिचयपत्र वितरणबाट उनीहरुको खुशी भएको   उहाँले  बताउनुभयो । यो भन्दा अगाडी  नगरपालिकाले   वडा न ७ घुम्थाङ , वडा न १ घोर्थली , वडा न ८  मानेश्वारा , २ न वडा कर्थली , बुदेपा , वडा नम्बर ६ गातीमा  एकीकृत घुम्ती शिबिर सम्पन्न  गरी सकेको छ ।

,