महिला सशक्तिकरणको लागी प्राबिधिक शिक्षामा जोड


लोकप्रिय समाचार
त्रिपुराुन्दरी गाउँपालिका वडा नम्बर ५ तौथलीमा महिला शसक्तिकरणका लागी महिला कम्प्युटर शिक्षा सम्बन्धी एक महिने  तालिम सम्पन्न भएको छ । अहिलेको समय भनेको विज्ञान र प्रविधीको समय हो । कम्प्युटरबाट छिटो , छरितो र भरपर्दो ढङ्गबाट काम गर्न मिल्ने भएको हरेक काममा कम्प्युटरको अत्याधिक मात्रामा प्रयोग हुन थालेको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले प्राबिधिक शिक्षामा महिलालाई अगाडी बढाउन गाउँपालिकाले सकेको सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो । साथै उहाँले अझैपनि ग्रामीण क्षेत्रका महिलाहरु प्राबिधिक शिक्षामा पछाडी परेकोले  सरकारी कार्यलय र अन्य  कार्यलयमा काम गर्ने महिलाकोे सङख्या  कम रहेको बताउँनुभयो । गाउँपालिका उपाअध्यक्ष दुर्गा नेपालले महिलालाई घरको काममा मात्रै नलगाई अन्य सीपमुलक कार्यक्रममा पनि सहभागी गराउँने कुरामा जोड दिनुभयो । सधैँ महिलाहरु चुुलोचौकोमा मात्रै सीमित नभई समय अनुसार सोचाई र बिचार बद्लाएर सीपमुलक कार्यक्रममा सहभागी हुनुपर्ने बताउनुभयो । वडा नम्बर ५ तौथलीका वडा अध्यक्ष विष्णु भक्त श्रेष्ठले समाजमा महिलाहरु शिक्षित भएमा मात्रै समाजको विकास हुने र समाज विकास भएमा समग्र देश विकास हुने बताउनुभयो ।
प्राबिधिक शिक्षा सम्बन्धी तालिम दिएर महिला अगाडी बढेमा  सामाजिक, राजनैतिक र अन्य कार्यमा महिलाको सङख्या  वृद्दि हुदै जाने  जानकारी दिनुभयो । महिला कम्प्युटर शिक्षा तालिममा वडा नम्बर ५ का २० जना महिलाहरु उपस्थिीत थिए । त्रिपुरासुन्दरी गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

, ,