सिन्धुपाल्चोकको तेश्रो जिल्ला सभाको शुरु


 लोकप्रिय समचार

जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकको तेश्रो  जिल्ला सभा बुधबार देखी शुरु भएको छ । पुर्ब मन्त्री  माननीय अग्नी प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र पुर्ब मन्त्री शेरबहादुर तामाङ्गलगाएतको बिशेष अतिथ्यतामा भएको सभाले जिल्ला बिकाशका लागी बिभिन्न बियषयमा छलफल समेत गरेको छ ।

जिल्लाको सिमाना बिबाद,नदीको कूरुप,लाइ प्रथमिकतामा राखेर  सम्मन्वय समितीले यसको लागी ब्यबस्थित सम्मन्वयताको भुमिका निर्बाह गर्न पर्ने महत्वपुर्ण समयमा भएको यो  सभाले  साबीक जिल्ला बिकाश समितीको खातामा रहेको करिब ६१करोड रुपैयाको बाँडफाँड गर्ने कामको पनी औपचारिकरुपमा टुङ्गो लगाउँने भएको छ ।
बुधबार र बिहीबार दुइ दिन सम्म चल्ने सभा  को पहिलो दिन उद्धघाटन समारोहमा मन्तब्य राख्ने प्राय अतिथीहरुले सिन्धुपाल्चोक जिल्लाका १२वटै तहका जनप्रतिनिधीहरुले भ्रमण तथा कुनै बिषयमा बाहीर जान भन्दा पनी स्थानीय नागरिकलाइ आआफ्नो पालीकामा बसेर गर्न पर्ने सेवा गरिरहन पर्ने बताएका छन ।
जिल्लाका १२वटै पालीकाका प्रमुख उपप्रमुखहरुको उपस्थिती मा भएको सभामा बिभीन्न राजनीतीदलका जिल्ला स्थित नेताहरुले समेत मन्तबय राख्नु भएको थियो ।
मन्तब्य राख्ने क्रममा नेपाली काँग्रेसका पार्टी सचिब बिलबहादुर तामाङ्गले जिल्ला सम्मन्वय समितीले  जम्मा भएको कोषको रकम बिनीयोजन कार्यमा पक्षपात गरेको बताउँनु भयो भने नेकपाका अध्यक्ष झम्क नेपालले पालीकाका प्रमुखहरुलाइ  अहीलेको समय र स्थिती भनेको  भ्रमण गर्ने बेला होइन जनातको काम गर्ने बेला भएकोले  सरकारी खर्चमा अनाबश्यक भ्रमण गरेर अलोकप्रिय  बन्न नहुने भन्दै  कडा शब्दमा जनताको काम निश्पक्ष ढङ्गले गर्न सबैमा अनुरोध गर्नु भयो ।
प्रदेश सभा सदस्य  शरेश नेपालले जिल्लाको बिकाशका लागी भाषण गरेरमात्र नहुने योजनाबद्ध ढङ्गले बास्तबिक समस्या पहीचान गरेर समस्या समधानका लागी अगाडी बढ्न पर्ने बताउँनु भयो ।
  कार्यक्रमका बिशेष अथिती शेर बहादुर तामाङ्गले राजनीती हिसाबले जुन पार्टीबाट निर्बाचित भएर  जिम्मेवारी सम्हालेको भएता पनी  ब्यबहारमा सबै नागरिकलाइ सहज हुने गरि कार्यक्रम दिन जनप्रतिनिधीहरुलाइ अनुरोध गर्दे  नेकपाको एकता प्रकृया  सबैको सहमतीबाट  भएको र केही  बिषयमा नमिलेको भए पनी अब  हुने जिल्ला अधिबेशनबाट मिलाउँन सकिने भएकाले  एकताको बारेमा टिकाटिप्पणी गरेर समय खेर फाल्न भन्दा जनताकाको काम गरेर  जनताको मन जित्न तिर लाग्न सबेमा अनुरोध गर्नु भयो ।
उँहाले अब छिट्टै नदीमा भएको कुरुपलाइ रोकावट गरेर संरचनाको संरक्षण गर्न तिर लाग्न पर्ने बताउँनु भयो ।
स्थानीय सरकारलाइ केही कर आउँछ भन्दैमा अरबौको सडक बिगार्ने, अनी खोलानालाको रुप बिगर्ने काम गर्न नहुने बताउँदै  यस बिषयमा ध्यान दिन सबैलाइ अनुरोध गर्नु भयो ।  कार्यक्रममा प्रमुख अतिथी पुर्ब मन्त्री अग्नी प्रसाद सापकोटाले  जिल्लाको आस्थाको केन्द्र रहेको तातोपानी नाका अब छिट्टै संञ्चालनमा आउँने परिपक्का भइ सकेको बताउँनु भयो ।
उँहाले धेरै कुरा गर्नु भन्दा पनी काम गर्न पर्ने भएकाले कामगरेर जनताको मन जित्न सबैमा आग्रह गर्नु भयो । कार्यक्रममा जिल्लाका माननीयहरु पुर्ब मानीयय जिल्लाका सरकानरी कार्यलयका प्रमुखहरुलगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने जिससका  प्रमुख कृष्णगोपाल तामाङ्गको सभापतित्वमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य जिल्ला  सम्मन्वय समितकिा उप प्रमुख बालकुमारी सापकोटाले स्वागत मन्तब्य राख्नु भएको थियो ।

, , , , , ,