मुख्य मन्त्रीजनता स्वास्थ्य परिक्षण चौतारामा


लोकप्रियसमचार
मुख्य मन्त्री जनता स्वास्थ्य परिक्षण  सिन्धु पाल्चोक जिल्लाको चौतारा अस्पतालमा शुरु भएको छ ।  कार्यक्रमको  ३ नंम्बर प्रदेश सरकारका सामाजीक  बिकास मन्त्री युबराज दुलाले  एक समारोका बिच शुभारम्भ गर्नु भयो । उँहाले कार्यक्रम शुभारम्भको उद्धघाटन गर्दै यो कार्यक्रम नमुना  रहेको बताउँनु भयो । झट्ट सुन्दा निरोगीको लागी पनी केको रोग परिक्षण भन्ने  देखीन्छ बास्तबिकतामा यो अती आबश्यक भएको बताउँनु भयो । यो कार्यक्रमको मुख्य उद्धेशय भनेको नसर्ने रोगले सताएका मानीसहरुको उपचारको लागी सहज हुन्छ । ,बिभिन्न कारण आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिन नसक्ने समूहलाई लक्षित गरी प्रदेश सरकारले विभिन्न नसर्ने रोगको पहिचान गर्ने गरी कार्यक्रम ल्याएको हो  यसलाइ सबै मिलेर सफल पर्न पर्ने बताउँनु भयो ।मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्ग,नगर प्रमुख अमानसिंह तामाङ्ग , पुर्ब माननीय कृष्णराज श्रेष्ठ

,नेकपाका नेता यज्ञ सापकोटा नेकाका सचिब बिलबहादुर तामाङ्ग परामर्शदाता डा खेम कार्की‘ प्रमुख जिल्ला अधिकारी गोमादेबी चेम्जोङ्ग लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । चौतारा अस्पताल ब्यबस्थापन तथा संञ्चालन समितकिा अध्यक्ष इश्वरी प्रसाद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको संञ्चालन अस्पतालका डा  सबिना देबकोटा र लक्ष्मीराज जोसीले गर्नु भएको थियो भने स्वागत मन्तब्य राख्दै डा पोमावती थापाले  जिल्लाका सबै नागरिकलाइ स्वस्थ्यरहेर काम गर्न सकुन भन्ने उद्धेश्यले सरकारले बिभिन्न योजनाहरु लागू गरिरहदा यो कार्यक्रम को आबश्यक  रहेको बताउँदै सरुवा रोग भन्दा नसर्ने रोग झन खतारा रहेको बताउँनु भयो ।  सोही समारोहमा नबनिर्मीत स्वास्थ्य भवनको समेत उद्धघाटन गरिएको थियो । मन्त्री दुलालले अस्पालको सहयोगमा अस्पतालमा रहेका बिरामीहरुलाइ फल फुल समेत बितरण गर्नु भएको थियो ।




, ,