पुर्ब मन्त्री ताम्रकारको निधन काँग्रेसद्धारा शोक



 पूर्व मन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रिय कोषाध्यक्ष  रामकृष्ण ताम्राकारको  निधन भएको छ । नेपाली कााग्रेसले यस सम्बन्धमा शोक बक्तब्य समेत जारी गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाण द्धारा जारी बिज्ञेप्तीमा भनीएको छ  वैशाख १० गते उपचारको क्रममा ललितपुर स्थित अल्का अस्पतालमा पूर्व मन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रिय कोषाध्यक्ष  रामकृष्ण ताम्राकारको  निधन भयो । उहाँको असामयिक निधनले हामीलाई स्तब्ध तुल्याएको छ ।

वि.स. २०४८ र २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं.२ बाट  निर्वा्चित हुनु भएका स्व.ताम्राकारले  स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्ति लगायत विभिन्न मन्त्रालयको मन्त्री पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नु भएको थियो ।

महामानव श्रद्धेय नेता बी.पी.कोइरालाको प्रेरणाबाट राजनीतिमा प्रवेश गर्नु भएका स्व. ताम्राकारले नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा सदैव अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । विद्यार्थी जीवन देखिनै सक्रिय राजनीतिमा रहनु भएका नेता ताम्राकारले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाको संघर्षमा क्रियाशील रहँदा पटक–पटक जेलनेल र यातना सहनु भएको थियो । उहाँ नेपाली कांग्रेसको संगठन विस्तार, सुदृढीकरण तथा पार्टीलाई गतिशील बनाउन सदैव क्रियाशिल हुनुहुन्थ्यो ।

नेता ताम्राकारले राजनीतिक जीवन बाहेक वुद्ध दर्शनका साथै विभिन्न स्थानमा गुम्बा, मठ, मन्दिर निर्माण तथा समाजसेवाको कार्यहरुमा समेत अतुलनीय योगदान र्पुयाउनु भएको छ ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अटल आस्था राख्नु हुने स्व. ताम्राकार नेपाली राजनीतिमा शालिन, भद्र र समाजवादी नेताका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँ जस्तो एक कुशल नेता एवं समाजसेवीलाई गुमाउनु पर्दा राष्ट्र र नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्व.ताम्राकारले र्पुयाउनु भएको योगदानको स्मरण गर्दै उहाँको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति नेपाली कांग्रेस संसदीय दल हार्दिक समवेदना प्रकट गर्दछ बिज्ञेप्तीमा भनिएको छ।