सेनाद्धारा खानेपानी हस्तानान्तरण


लोकप्रिय समचार चौतारा, सिन्धुपाल्चोक नेपाली सेना  गोरक्स बक्स गणले  खानेपानीको टेङ्की निर्माण गरी धारा समेत स्थानीय लाइ हस्तानन्तरण गरेको छ ।





खानेपानीको समस्या रहेको चौतारा साँगाचोकगढी नगर पालीका वडा नं ६को गौराती मन्दीर परिसरमा नेपाली सेनाले  धारा  निर्माण गरी वडाअध्यक्षलाइ हस्तानन्तरण गरेको हो । 


जिल्लाकै पहीचान बोकेको  गौराती भिमेश्वर मन्दीरमा खानेपानीको  ठुलो समस्या रहेको थियो ।
सिन्धुपाल्चोक जिल्ला, चौतारा सांगाचोकगढी न.पा. वडा नं.६, स्थित गौराती भिमेश्वर मन्दिर परिसरमा नेपाली सेना अन्तरगत श्री गोरख बक्स गणको जनशक्ति, श्रोत र साधनबाट निर्माण सम्पन्न भएको खानेपानी ट्याङ्की र धारा मिति २९ गते शुक्रबार सोही गणका गणपति प्रमुख सेनानी श्री सुशील महतबाट उक्त वडाका अध्यक्ष तोक बहादुर तामाङ्ग मार्फत गौराती भिमेश्वर मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो  ।

, , , ,