चैत्र महीनामा ६५ घरेलू हिंसा भएको ओरेकको दाबी


लोकप्रिय समचार महिला पुर्जस्थपना केन्द्रले चैत्र महीनामा  ६५वटा  घरेलू हिंसा भएको बताएको छ । उसले चैत्र महीनाको प्रतिबेदा सार्बजनिक गर्दे यस्तो बताएको हो । ओरेकले सार्बजैसनिक गरेको प्रतिबेदनाम भनीयको छ ।    समाजमा विद्यमान पितृसत्तात्मक संरचनाका कारण महिला र पुरुषवीचको शक्ति सन्तुलन असमान छ, जसले गर्दा लैङ्गिक असमानता अझ कायमै छ । लैङ्गिक समानताका लागि जनचेतना फैल्याउने प्रयास भएपनि  लैङ्गिक विभेदमा आधारित हिंसा न्यूनीकरण भएको छैन ।

विषयवस्तु
ओरेक नेपालले अभिलेखिकरण गरेका तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त तथ्याङ्कका आधारमा चैत्र महिनामा ११८ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन भएको छ । तथ्याङ्कलाई विश्लेषण गर्दा चैत्र २०७५ मा ओरेकले ६५ वटा घरेलु हिंसा (५५ प्रतिशत) को तथ्याङ्क अभिलेखिकरण गरेको छ । यसमा घरेलु हिंसा गर्नेमा ५६ जना श्रीमान् र ९ जना परिवारका अन्य सदस्यहरु रहेका छन् । घरेलु हिंसाका घटनामध्ये १४ जना श्रीमान् र १ जना परिवारका सदस्यबाट बाट शारिरिक हिंसा, ८ जना श्रीमान् र ६ जना परिवारका सदस्यबाट मानसिक हिंसा गरेको पाइएको छ ।
३४ जना श्रीमान र २ जना परिवारका अन्य सदस्यहरुबाट महिलाहरुलाई आवश्यक स्रोत सुविधाहरुबाट वञ्चित गराइएको छ । स्रोत र आवश्यक सुविधाबाट वञ्चित गराइएका मध्ये २४ जना श्रीमान् र २ जना घरपरिवारका सदस्यले महिलालाई खान लाउन नदिई घर निकाला गरेको, ४ जनाले विवाह दर्ता नगरिदिएको, ३ जनाले नागरिकता नबनाइदिएको तथा ३ जनाले स्वास्थ्य उपचारबाट बञ्चित गराएको तथ्याङ्क पाइएको छ ।
२९ जना पुरुषहरुद्धारा भएका यौनहिंसाका घटना (२४ प्रतिशत) मा बलात्कार गर्ने २० जना (जसमध्ये १ जनाबाट बलात्कारपछि महिलाको हत्या), ५ जनाबाट  बलात्कारको प्रयास, र ४ जनाबाट यौनदुव्र्यवहार  भएको छ । २० बलात्कारका घटनामध्ये १४ जना १८ वर्षमुनिका बालिका रहेका छन् । यौन हिंसा गर्नेमा १६ जना छिमेकी, ४ जना परिवारका सदस्यहरु, ४ जना शिक्षक, २ जना महिलाले आत्मिय ठानेका पुरुष, १ जना साथी, १ जना श्रीमान् र १ जना कुनै पनि सम्बन्ध नभएका अन्जान पुरुषहरु रहेका छन् । यस्तैगरी १० वटा बालविवाह, ६ जनाको हत्या, परिवारको स्रोत अनुसार लैङ्गिक विभेदका कारण ४ जनाले आत्महत्या गरेको, १ जना महिला बेचबिखनमा परेको र ३ जनामा अनलाईनमार्फत हिंसा भएको तथ्याङ्कक प्राप्त भएको छ ।  हिंसामा संलग्न पुरुषहरुको उमेर विश्लेषण गर्दा २६ देखि ३५ वर्ष उमेर समुहका ३३ प्रतिशत, १७ देखि २५ वर्ष उमेर समुहका १७ प्रतिशत, ४६ वर्ष भन्दा माथिका १५ प्रतिशत, ३५ देखि ४५ वर्ष उमेर समुहका ९ प्रतिशत, १६ वर्ष भन्दा कम उमेर समुहका ४ प्रतिशत र उमेर समुह पहिचान नभएका २२ प्रतिशत पुरुषहरु हिंसामा संलग्न भएको पाइएको छ ।

निष्कर्ष 
तथ्याँकको आधारमा विश्लेषण गर्दा हिंसाका घटनाहरुमा सबैभन्दा धेरै श्रीमान, घरपरिवार र छिमेकीहरुबाट नै महिलाहरु प्रभावित भएको देखिन्छ । अझ बलात्कार जस्तो जघन्य अपराधमा बालिकाहरु बढी प्रभावित छन् । अन्वेषी २०७५ अनुसार बलात्कारका घटनामा ६३ प्रतिशत प्रभावित १६ वर्षभन्दा मुनिका बालिका छन् (स्रोतः ओरेक) । लैङ्गिक विभेदमा आधारित हिंसाको अन्त्य गर्न संविधान र कानुनले प्रदत्त गरेको समानता र स्वतन्त्रता हकका विषयमा सबैलाई जागरुक बनाई दूव्र्यवहार तथा भेदभावजन्य सामाजिक सांस्कृतिक व्यवहारमा सुधार ल्याउन हामी सबैको हातेमालो जरुरी छ । ओरेकले जनाएको छ । 







, ,