खानेपानी को समस्या तत्काल समधान गरिने


लोकप्रिय समचार   सिन्धु पाल्चोक जिल्लाको सदरमुकाम चौतारा बजार मा देखीएको पानीको हाहाकारका बिरुद्ध नगरबासीहरु आक्रोसित हुन थाले पछी  खानेपानी  समस्या समधान गर्न नगरपालीका अग्रसर हुने भएको छ ।

चौतारा साँगाचोक गढी नगर पालीका अन्तरगत वडा नं ५ मा पर्ने बजार क्षेत्रमा बिगत दुइ हप्ता अगाडी देखी देखीएको खाने पानीको समस्याका कारण  नगर बासी हरुको तर्फबाट नगर सुधार समितलिे  नगर पालीकाको ध्यानकर्षण  गराएको थियो ।  खानेपानी उपभोक्ताहरुको तर्फ बाट बनेको  खाने पानी सघंर्ष समितीले बजारमा देखएिको खानेपानीको स्थाइ रुपले समस्या हल गर्न   सुझाब सहित  ज्ञापन  पत्र बुझाइएको छ । नगर सुधार समितीको माग पत्र र सघर्ष समितीको ज्ञापन पत्र  प्राप्त भए पछी नगर प्रमुख अमान सिंह तामाङ्गले तत्काल नगरबासीको समस्या समधान गर्न का लागी खाने पानी सञ्चालन गरिरहेको होल्चे थालखर्क खानेपानी उपभोक्ता समितीका पदाधिकारी हरु  , डिभिजन खानेपानी कार्यलयका प्रतिनिधी तथा खानेपानी सघर्ष समितीका प्रतिनीधी उपभोक्ता प्रतिनिधी तथा नगर सुधार समितीका पदाधिकारी र वडा अध्यक्ष  लगाएत सर्ब पक्षीय छलफल पछी  तत्काल खाने पानी सुचारु गर्न   खानेपानी उपभोक्ता समितीलाइ नगरपालीकाले निर्देशन दिएको छ ।
नगर प्रमुख अमानसिंह तामाङ्गले नगरबासीले खानेपानीबाट  बञ्चीत  हुन परेकोमा  दुख लागेको बताउँदै खानेपानीको कर्मचारीहरुले  सेवामुखी  काम गर्नु पर्ने र पदाधिकारीले पनी  सोही अनुसार दाइत्व बहन गर्न पर्ने भन्नु हुँदै  भएका कर्मचारीलाइ तत्काल काम गर्न र काम गर्न नसक््ने कर्मचारीको बदलामा अर्काे कर्मचारी  राखेर भए पनी काम गर्न  समितीलाइ निर्देशन दिदै  खाने पानीको तत्काल ब्यबस्था मिलाउँन भन्नु भयो। संघर्ष समितीका संयोजक शिब  घले को नेतृत्वमा गएको  उपभोक्ताहरुले  खानेपानीको समितीका उपाध्यक्ष  ससांर श्रेष्ठ लाइ  ज्ञापन  पत्र बुझाएर नगरपालीकामा समेत पत्र बुझाउँन  पुगेको उपभोक्ताहरु माझ आफ्नो भनाइ राख्दै प्रमुख तामाङ्गले यस्तो बताउँनु भएको हो ।
  उपभोक्ता समितीका कोषाध्यक्ष टंङ्क कार्कीले खानेपानीको समस्या समधान गर्न समिती लागी परेको भएता पनी  मुहानबाट आउँने स्थान सेउलेको बिबादले समस्या उत्पन्न भएको बताउँदे यसको समधान नगरपालीकाबाट भइ रहेको   अध्यक्ष  सदरमुकाम बाहीर रहनु भएकोले  उँहा आए पछी तत्काल बेठक बसेर  नँया धारा जडानको समेत ब्यबस्था गरिन लागेको बताउँनु भयो ।   डिभिजन कार्यलयका प्रतिनिधी दिलकुमारी श्रेष्ठ ले आफ्नो कार्यलयमा भएको सामाग्रीहरु  आबश्यक पर्दा माग बमोजिम उपलब्ध गराइ रहेको र  आबश्यक पर्दा  कार्यलयको श्रोत साधनले भ्याय सम्म सहयोग गरिरहेको बताउँनु भयो ।

, , , , ,