गृहका सचिव राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पुरस्कृत ।


लोकप्रिय समचार काठमाण्डौेपाल सरकार गृह मन्त्रालयले  मन्त्रालयको बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह सचिव प्रेमकुमार राई, र  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरेको छ ।गृह मन्त्रालयमा बिहीबार एक कार्यक्रम गरी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले उँहाहरुलाई प्रमाण पत्र तथा नगद  आठ हजार ले  सचिव राई,र  महानिरीक्षक खनाललाई पुरस्कृत गरिएको हो ।

त्यसै गरी गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई ६ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरि परस्कृत गरिएको छ । कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई दिँदै पुरस्कारले अन्य मन्त्रालयलाई पनि राम्रो काम गर्न प्रेरणा दिने बताउँनु भयो । यस्तो पुरस्कृत गर्ने परिपाटीले अरु मन्त्राय तथा कार्यलयमा काम गर्ने   कर्मचारीहरको पनी मनोबल बढ्ने र आगामी बर्षमा परस्कृत हुनका लागी प्रतिस्पर्धा हुने मन्त्रायको बिश्वास रहेको छ ।

, , , ,