त्रिपुरासुन्दरीमा अंग्रेजी माध्यमको लागी प्रशिक्षण




त्रिपुरासुन्दरीमा  अङगे्रजी माध्यमको  लागी प्रशिक्षण
लोकप्रिय समचार÷कमला गुरुङ 
शिक्षण संस्थाहरुमा निजी तथा सामुदायक बिद्यालयहरुको  बिच गुण स्तरिय शिक्षामा  प्रतिस्पर्धा भइरहेको छ ।
यती सम्म हो की सिङ्गो राज्य शक्ती ले सामुदायक बिद्यालयलाइ स्तरियता र गुण स्तरिय शिक्षामा  अगाडी ल्याउँन  लागी परेको देखीन्छ । त्यतीकैमा निजी स्तरको बिद्यालयहरु पनी कम्मर कसेर लागी रहेका छन । पछिल्लो समयमा सामुदायक बिद्यालयहरुको शिक्षा सिकाइमा कसरी उपलब्धी मुलक बनाउँन सकिन्छ भनेर  अगाडी बढरिहँदा स्थानीय सरकारले पनी यसमा लागी परि  रहेको छ । यस सम्बन्धमा  सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका ले पनी सामुदायक बिद्यालयलाइ कसरी  अगाडी बढाउँन सकिन्छ भन्ने बिषयमा बिभिन्न  कार्यक्रम हरु गरिरहेको छ । 
निजी बिद्यालयहरुले अंग्रेजी माध्यमबाट  शिक्षा दिइरहेका सामुदायक बिद्यालयमा पनी अगं्रेजी माध्ययमबाट अध्यापनको ब्यबस्था गरेर निजी बिद्यालय सँग प्रतिस्पर्धा  गर्न लागेको वडा न ३ धुस्कुनमा  आधारभूत तहमा अङग्रेजी माध्यमद्दारा शिक्षण  सम्बन्धी प्रशिक्षण दिन लागीएको छ । प्रशिक्षण सोमबार बाट शूरु गरिएको हो । एक हप्ता सम्म चल्ने प्रशिक्षणको  गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले उद्घाटन गर्नु भएको छ । उद्धघाटनमा बोल्दै कार्यक्रमका प्रमुख  अतिथी  श्रेष्ठले सरकारी  बिद्यालयको पढाई पनि निजी बिद्यालयसँग प्रतिस्पर्धात्मक हनुपर्ने बताउनुभयो । निजी बिद्यालयमा अङग्रेजी  पढाई राम्रो हुने भएकोले गाउँ गाउँका बालबालिका पढ्नको लागी सहर केन्द्रित हुने समस्यालाई अन्त्य गर्न यो प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिनुभयो । आफ्ना बालबालिकालाई अङग्रेजी माध्यममा पढाउने उदेश्यले नै अभिभाबकहरु सहर बसाई सर्ने गरेको र गाउँको बिद्यालयमा बिद्यार्थीहरुको सङख्या घट्दै गएकोमा उहाँले दुख ब्यक्त गर्नुभयो ।े सामुदायक बिद्यालयका  शिक्षकहरुले चाहे  जसरी निजी बिद्यालय भन्दा राम्रो गर्न सक्ने बताउँदै निजी बिद्यालयका शिक्षकहरु पनी हामी जस्तै मानीस र सामुदायक बिद्यालयका शिक्षक पनी हामी जस्तै हुन  खाली जिम्मेवारी र शिक्षा सिकाइमा फरक हुन सक्छ  त्यसैले सबैले जुन जुन शैली अपनाएर हुन्छ त्यही त्यही शैली बमोजिम  शिक्षामा सिकाइ गरेर अगाडी बढ्न पर्ने बताउँनु भयो ।   धुस्कुन आधारभूत बिद्यालयमा सञ्चालन भएको कार्यक्रममा २८ जना शिक्षक शिक्षिकालाई प्रशिक्षण  दिईएको थियो । कार्यक्रमका सभापति एबम् वडा नम्बर ३ का वडा अध्यक्ष सुकदेव रिसालले आधारभूत तहमा अङग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने वडाले निती ल्याउँदा यसरी शिक्षा सिकाइका लागी  शिक्षक शिक्षिका लाइ शशस्त्र ढंङ्गबाट अगाडी बढ्ने प्ररेणा जागोस भन्नका लागी  प्रशिक्षणको आयोजना गरिएको बताउँनु भयो भयो । तालिम लिएका शिक्षक शिक्षिकाहरुको शिक्षण अनुगमन र मूल्याङकन गरेर आधारधूत तहमा अङग्रेजी माध्यमको पढाई सुधारेरै छोड्ने प्रतिबद्धता जाहेर गर्दे रिसालले कुनै पनी हालतमा आफ्नो वडाका नागरिकलाइ  गुणस्तरिय शिक्षाबाट बञ्चीत हुन नदिने बताउँनु भयो  । कार्यक्रम त्रिपुरासुन्दरी गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको हो 


, , , ,
Lokpriyasamachar@. Powered by Blogger.