भोटेकोशीमा सरसफाई कार्यक्रम सम्पन्न



भोटेकोशी गाउँपालिकाद्धारा आयोजित बृहत सरसफाई कार्यक्रम भोटेकोशी गाउँपालिका वडा नम्बर ५ मार्मिङमा सम्पन्न भएको छ ।

नयाँपुलदेखि चाकुसम्म सरसफाई गरिएको हो । कार्यक्रममा वडा  नम्बर ५ का वडा अध्यक्ष सुपा लामा सहित वडा सदस्य पनि सरसफाई कार्यक्रममा उपस्थिीत थिए । स्वास्थ्य नै धन भएकोले वरपरको वातावरण सफा राखेमा बिभिन्न सरुवा रोगबाट बच्न सकिने भएकोले सरसफाईमा ध्यान दिनुपर्नेमा गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले स्थानीय नागरिकलाई आग्रह गर्नुभएको छ । ग्रामीण क्षेत्रमा कामको ब्यस्तताले नागरिकले सरसफाईमा ध्यान नदिदा रोग र महामारी फैलन सक्ने भएकोले स्वास्थ्यलाई मध्यनजर गर्दै अगाडी बढनुपर्ने उहाँले बताउनुभयो । आगामी दिनमा पनि सरसफाईलाई निरन्तरता दिएर भोटेकोशी गाउँपालिकालाई सफा र सुन्दर पालिकाको रुपमा विकास गर्ने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । कम्तीमा हप्तामा एक पटक सरसफाई कार्यक्रम सञ्चालन गर्ने र बाटोमा बोटबिरुवा रोप्ने पनि बताउनुभयो ।  गत १५ गते वडा नम्बर २ तातोपानीमा र सरसफाई कार्यक्रम गरिएको र २५ गते वडा नम्बर ३ र ४ मा सरसफाई गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।







,