जोड दुइको परिक्षा शुरु बाहुनेपाटीमा क्रियापुत्रीलेपरिक्षा दिए



लोकप्रिय समचार,

नेपालमा  हिजो देखी जोड दुइको परिक्षा शुरु भएको छ ।

  जम्मा एक हजार एक शय सात वटा परिक्षा केन्द्रमा परिक्षा भएको छ । सबै भन्दा धेरै परिक्षा केन्द्र काठमाण्डौमा एकशय बाइस वटा र सबै भन्दा कम परिक्षा केन्द्र मुस्ताङ्ग र मनाङ्गमा एक एक वटामा परिक्षा भएको हो ।
सिन्धुपाल्चोक जिल्लामा  १२ वटा स्थानीय तह मा जम्मा १०वटा परिक्षा केन्द्र रहेको र दश वटै परिक्षा केन्द्रमा शान्त पुर्ण भय रहित तरिकाले परिक्षा सम्मपन्न भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकारी माधब प्रसाद काफ्लेले जानकारी दिनु भयो । उँहाका अनुसार श्री रत्न गङ्गा माध्यमिक बिद्यालय  चौतारा, श्री ज्ञानमन्दीर माध्यमिक बिद्यालय  मेलचौउर श्री इन्द्रेश्वरी माध्यमिक बिद्यालय  मेलम्ची श्री जाल्पादेबी  माध्यमिक बिद्यालय  बाहुनेपाटीश्री शारदा  माध्यमिक बिद्यालय  श्री बालशिक्षा माध्यमिक बिद्यालय  खाडीचौउरश्री सेतीदेबी शारदा माध्यमिक बिद्यालय लामोसाँघुश्री ऐसेलुखर्क माध्यमिक बिद्यालय बाँडेगाउ श्री राजेश्वरी माध्यमिक बिद्यालय भोटसिपा श्री जालपा माध्यमिक बिद्यालय  कोठे गरि दशवटा केन्द्रमा परिक्षा शान्तपुर्ण तरिकाले सम्पन्न भएको छ ।
शिक्षा बिकाश तथा सम्मन्वय इकाइ प्रमुख गौरी शङ्कर पाण्डेले जाल्पा माबी बाहुनेपाटीमा दुइ जना कृयापुत्रीहरुले समेत परिक्षा दिनु भएको बताउँनु भयो  । उँहाका अनुसार श्री रत्न गङ्गा माध्यमिक बिद्यालय  चौतारामा २६३जनाले परिक्षा दिन पर्नैमा २३८जनाले  परिक्षा दिनु भएको छ ।, श्री ज्ञानमन्दीर माध्यमिक बिद्यालय  मेलचौउरमा १३८जनाले परिक्षा दिन पर्नेमा१३८जनाले  परिक्षा दिनु भएको छ ।श्री इन्द्रेश्वरी माध्यमिक बिद्यालय  मेलम्चीमा २४६जनाले परिक्षा दिन पर्नेमा २४०जनाले  परिक्षा दिनु भएको छ ।श्री जाल्पादेबी  माध्यमिक बिद्यालय  बाहुनेपाटीमा २४५जनाले परिक्षा दिन पर्नेमा २४३जनाले  परिक्षा दिनु भएको छ।श्री शारदा  माध्यमिक बिद्यालयमा २७७जनाले परिक्षा दिन पर्नेमा २७४जनाले  परिक्षा दिनु भएको छ । श्री बालशिक्षा माध्यमिक बिद्यालय  खाडीचौउरमा २०५जनाले परिक्षा दिन पर्नेमा २०२जनाले  परिक्षा दिनु भएको छ।त्यसै गरी श्री सेतीदेबी शारदा माध्यमिक बिद्यालय लामोसाँघुमा २०६जनाले परिक्षा दिन पर्नेमा २०२जनाले  परिक्षा दिनु भएको छ।श्री ऐसेलुखर्क माध्यमिक बिद्यालय बाँडेगाउमा १९५जनाले परिक्षा दिन पर्नेमा१९३जनाले  परिक्षा दिनु भएको छ ।
श्री राजेश्वरी माध्यमिक बिद्यालय भोटसिपामा ७७जनाले परिक्षा दिन पर्नेमा ७६जनाले  परिक्षा दिनु भएको छभने श्री जालपा माध्यमिक बिद्यालय  कोठे मा १७७जनाले परिक्षा दिन पर्नेमा १७६जनाले  परिक्षा दिनु भएको छ । जम्मा २०३३जनाले प।िरक्षा दिन पर्नेमा बिभिन्न कारणले ५७जना  परिक्षामा सहभागी भएनन भने १९७६ले परिक्षा दिएको प्रमुख पाण्डेले बताउँनु भयो । परिक्षा शुरु भए पछी परिक्षकेन्द्रका बारेमा जानकारी लिन प्रमुख जिल्ला अधिकारी गोमा चेम्जोङ्ग जल्ला प्रहरी कार्यलयका निमीक्त कार्यलय प्रमुख प्रहरी नायब उपरिक्षक माधब प्रसाद काफ्ले  अनुसन्धान प्रमुख प्रहरी नाब उपरिक्षक अरुण कार्की लगाएत केही  परिक्षा केन्द्रमा पुग्नु भएको थियो । प्रमुख जिल्ला अधिकारीचेम्जोङ्गले  परिक्षाकेन्द्रमा कुनै पनी गैेर कानुनी रुपका गतिबिधी हुन नदिन सुरक्षाकर्मीहरुलाइ निर्देशन दिदै  परिक्षा भयरहित, मर्यादीत, र शान्तपुर्ण बातबरणमा सम्पन्न गराउँन केन्द्रध्यक्षहरुको मुख्य जिम्मेवारी रहेकोले  त्यस तर्फ बिशेष ध्यान दिइ चनाखो रहेर परिक्षा सफल पार्न पर्नेमा केन्द्राध्यक्षहरु लाइ  अनुरोध गर्नु भयो । 

, ,
Lokpriyasamachar@. Powered by Blogger.