नेपाली काँग्रेस द्धारा शोक बक्तब्य जारी


नेपाली काँग्रेसले संविधान सभा सदस्य एवं प्रसिद्ध उद्योगपति दिवाकर गोल्छाको निधनमा शोक बिज्ञेप्ती जारी गरेको छ ।  प्रमुख सचेतक बालकृष्ण खाड द्धारा जारी बिज्ञेप्तीमा भनीएको छ ,गोल्छाको ६७ बर्षको उमेरमा चैत्र २६ गते मंगलबार राति भारतको चेन्नईमा उपचारका क्रममा भएको निधनको खबरले हामीलाई स्तब्ध तुल्याएको छ । स्व. गोल्छा मृगौला सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।
वि.स. २०६४ सालको संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभासद हुनु भएका स्व. गोल्छा राजनीतिमा सालिन र भद्र व्यतिmत्वको रुपमा परिचित हुुनुहुन्थ्यो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत रहनु भएका स्व. गोल्छा नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित एवं प्रतिष्ठित व्यक्तित्व हुनुहन्थ्यो ।
नेपालको औद्योगिक विकासमा सदैव सक्रिय रहँदै आउनु भएका स्व. गोल्छाको निधनले नेपालको औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको छ र राष्ट्रले एक इमान्दार, कुशल एवं असल उद्योगपति गुमाएको छ ।
 स्व. गोल्छाको निधनप्रति नेपाली काँग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै दुःखको यस घडीमा उहाँको आत्माको चीरशान्तिको कामना साथै शोक सन्तप्त सम्पूर्ण गोल्छा परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ  भनीएको छ । 


,
Lokpriyasamachar@. Powered by Blogger.