सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न


राधिका गिरी ÷बाह्रबिसे
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ टेकानपुरमा भुकम्पपछिको पुर्ननिर्माण सम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रममङ्गलबार सम्पन्न भएको छ । २०७२ सालको भुकम्पमा परि मानविय क्षती र धेरै धनजनको क्षती भएको थियो ।कार्यक्रमका अतिथि रमेश बोहराले निर्वाचनको समयमा पक्ष र विपक्ष पार्टी नभनी काम गर्ने प्रतिबद्धता जाहेर गरेपनि अहिले आएर आफ्नो निर्णयमा वडाध्यक्षलाई काम गर्न असहज भएको कुरा बताउनुभयो । टेकानपुर वडा नं. ६ मा बजेट सोही वडामा विनियोजित नभएर अन्य वडामा रकमान्तर हुने प्रविधि रहेको उहाँले बताउनु भयो ।
गाउँ गाउँमा सिंहदरबार आएता पनि स्थानिय जनता पानी बिनाको माछा जस्तै भएर बस्नु परेको छ । कुनैपनि महिलाहरुको कार्यक्रम हुँदा जनप्रतिनिधीहरु कोही पनि उपस्थित नहुने हुँदा कार्यक्रमलाई सफल बनाउन कठिनाई हुने कुरा महिला सदस्य कमला खत्रीले बताउनु भयो ।


वडा नं. ६ ले आयोजना गरेको कार्यक्रममा स्थानिय नागरिक, विभिन्न राजनैतिक दलका नेतृत्वहरु, पत्रकार, समाजसेवी बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी एवं वडा नं.
६ का वडाध्यक्ष रामचन्द्र बुढाथोकीले वडाबाट पाउने हरेक सेवा सुविधाबाट बञ्चित नहुन आग्रह गर्नुभएको छ । विकास निर्माणका कार्यमा गाउपालिका का अध्यक्षले हस्तक्षेप गर्दै आएको र आफूले भनेको जस्तो काम गर्न नपाइएको उहाँले बताउनु भयो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.