बाढीबाट एकको मृत्यु


लोंकप्रियसमचार 
जिल्ला सिन्धुपाल्चोक साविक मानेश्वारा गा.वि.स. वडा नं. ८ हाल बाह्रबिसे न.पा. ८ स्थित साउने खोला मा एक्कासी आएको बढीले एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यलयका निमीक्त कार्यलय प्रमुख प्रहरी नायब उपरिक्षक माधब प्रसाद काफ्लेका अनुसार  यही २०७६बैशाख १४ गते खोला  तर्ने क्रममा ऐ.ऐ. बस्ने तिलराज तिमल्सिनाको श्रीमती बर्ष ७२ कि क्षमा देवी तिमल्सिनालाई अचानक आएको बाढीले बगाई अं. ६० मिटर तल पुर्याऐई सोही खोलामा नै मृत्यु भएको  हो । यसरी खोलाले बगाएको खबर प्राप्त हुुनसाथ  ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी अधिकृत समेतको टोली घटनास्थलमा खटी गई लाशजाँच मुचुल्का लगाएतको प्रारम्भिक अनुसन्धान  गरेको थियो । अनुसान्धान कार्य पुरा गरी मृतक लाश पोष्टमार्टमको लागि बाह्रबिसे सिन्धुपाल्चोकको लाश घरमा ल्याई राखिएकोमा २०७६बैशाख १५ गते पोष्टमार्टम समेतको कार्य सम्पन्न गरी सो मृतक लाश सदगतको लागि निज मृतकको सौतेनी छोरा बर्ष ४३ को शम्भुराम तिमल्सिनाको जिम्मा लगाई पठाईएको छ ।





,