लोकप्रिय बन्दै बाह्र्बिसे नगरप्रमुख शेर्पा


 लोकप्रिय समचार बाह्र्बिसे
स्थानीय नुर्की तामाङलाई आँखा , छाती र घाटी दुख्ने समस्याबाट पीडीत हुनुहुन्थयो । उपचारका लागी अस्पताल जना टाढा भएकोले जान नपाएको उहाँ  बताउनुहुन्छ । तर बाह्रबिसे नगरपालिकाले आयोजना गरेको घुम्ती शिबिरमा स्वास्थ्य  परीक्षण गर्न पाउँदा साच्चैँ  स्थानीय सरकार गाउँ गाउँमा आएर  सेवा सुबिधा प्रदान गरेकोमा उहाँले  खुशी ब्यक्त गर्नुभयो   । 

बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले ग्रामीण क्षेत्रका जनताहरु सहर गएर सेवा लिन कठिन भएकोले  उनीहरुलाई सेवा दिन गाउँ गाउँमा घुम्ती शिबिर आयोजना गरिएको बताउनुभयो । नगरबाट पाउने सेवा सुबिधाबाट  लिनको लागी कोही पनि बञ्चित  नभई सेवा लिन उहाँले स्थानीय नागरिकलाई आग्रह गर्नुभयो । आफुले निर्बाचनको बेलामा गरेका प्रतिबद्धता बोलेर हैन काम गरेर जनतालाई स्थानीय सरकार आएको महशुस दिलाउने बताउनुभयो ।
समाजमा वृद्धवृद्धालाई हेला र अपमान हैन सम्मान र मायाँ ममता दिनुपर्ने र अपाङगता भएका ब्यक्ति पनि हाम्रै समाजका नागरिक भएको र अपाङगता कसैको रहर नभएकोले अपाङग ब्यक्लिाई अपमानवीय ब्यबहार नगर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।   बाह्रबिसे नगरपालिकाले ९ वटा वडामा घुम्ती शिबिर सञ्चालन गर्ने र वडा न ७ घुम्थाङ , वडा न १ घोर्थली , वडा न ८  मानेश्वारा , २ न वडा कर्थली , बुदेपामा एकीकृत घुम्ती शिबिर सम्पन्न भईसकेको छ । वडा नम्बर ६ गातीमा भएको एर्कीकृत घुम्ती शिबिरमा स्वास्थ्यतर्फ १७५ , कृषि २६१ , पुननिर्माण २७ , राजस्वतर्फ १ जनाले ब्यबसाय दर्ता र ९ जनाले जन्मदर्ता , १० जनाले बिवाहदर्ता २ जना मृत्युदर्ता गरेका छन् । सामाजिक सुरक्षा भत्ता १२६ , तिरो ६९ र अन्य सिफारिस २५ जनाले लिएका छन् । वडाका ४ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै बृद्धा भत्ता पनि दिईएको थियो । वडा नम्बर ६ का वडा अध्यक्ष मोहनलाल श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेल लगायत नगरका बिभिन्न शाखाका प्रमुख , कर्मचारीको उपस्थिीती रहेको थियो । स्थानीयले सेवा सुबिधा लिन पाएकोमा खुशी हुदै आगामी दिनमा पनि नगरपालिकाले यस्तो घुम्ती शिबिर आयोजना गरेर घरदैलोमा सेवा पुर्याउने अपेक्षा गरेको बताउँछन् ।
 


, , ,
Lokpriyasamachar@. Powered by Blogger.