भब्यताका साथ प्रविधि दिवस मनाइने


लोकप्रिय समचार
नेपाल सरकारले आगामी आगामी २०७६ वैशाख १९ गते “डिजिटल नेपालः विकास र समृद्धिको आधार“ भन्ने मुल नाराका साथ  राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस भब्यताका साथ मनाउने भएको छ । यस सन्दर्भमा २९ गते शुक्रबार सञ्चार तथा सूचना प्रविधि सचिव श्री महेन्द्र मान गुरुङ्गको संयोजकत्वमा गठित बैठक बसी उक्त नारा तय गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता श्री ऋषिराम तिवारीका अनुसार विभिन्न क्षेत्रका सदस्यहरु संलग्न रहेको मूल समारोह समितिको दोस्रो बैठकबाट राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको मूल नारा “डिजिटल नेपालः विकास र समृद्धिको आधार“ निर्धारण गरेको हो । साथै, उक्त दिवस भव्यताका साथ मनाउन २०७६ वैशाख १९ गतेको दिन रसियन सांस्कृतिक केन्द्रमा मूल समारोह कार्यक्रम र मिति २०७६ वैशाख २० गतेका दिन सूचना प्रविधि सम्बन्धी कार्यशाला गोष्ठी समेतको आयोजना गर्ने निर्णय गरिएको तिवारीले जानकारी गराउँनु भयो ।


      



,
Lokpriyasamachar@. Powered by Blogger.