गाँउले बन सहकारीको साधरण सभा सम्पन्न


सगुन बस्नेत, डडुवा,सिन्धुपाल्चोक जिल्ला स्थित    चौतारा सँँगाचोक गढी नगर पालीका  वडा नं १४ मा रहेको गाँउले  सामुदायक बन  सहकारी संस्थाको दशौ साधरण सभा सम्पन्न भएको छ ।


वडा अध्यक्ष शेर बहादुर श्रेष्ठको प्रमुख अतिथ्यतामा  सधरण सभा सम्पन्न भएको हो । ५२८जना शेयर सदस्य रहेको गाँउले सामुदायक बन सहकारी संसथाको दशौ साधरण सभाको उद्धघाटन गर्दै  श्रेष्ठले वन सहकारीको अबधारणा ल्याएर स्थानीय  समाजसेबी रामचन्द्र बस्नेतले गाँउको पहिचान दिन  प्रेरेणा दिनु भएकोमा बस्नेतलाइ बिषेश धन्यबाद दिदै  डडुवालाइ कृषी पकेट क्षेत्र  घोषणा गर्न का लागी सबैले सहयोग गर्न पर्ने बताउँनु भयो । संस्थाको साधरणा सभामा बिशेष अतिथी लोकप्रिय नेत्रज्योती स.ञ्चार समुहका कार्यकारी प्रमुख तथा नेत्रज्योती कृषी सहकारी सस्थाका  अध्यक्ष  नेत्रबहादुर बस्नेत,  पुर्ब साबीक  ठुलोसिरुवारीका गाबीसका पुर्ब  उपा अध्यक्ष  बाबुराम शर्मा नेपाल जनहित दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बद्री प्रसाद नेपाल  लगाएतले शुभकामना मन्तब्य दिनु भएको थियो। संस्थाका कोषाध्यक्ष दामोदर सापकोटाले सस्थाको आर्थीक गतीबिधी बारे जानकारी गराउँनु भएको थियो भने  भेष बहादुर नेपालले कार्यक्रम संञ्चालन गर्नु भएको थियो ।
चौतारा साँगाचोक गढी नगरपालीका वडा नं १४ को सभाहलमा भएको कार्यक्रमको सभापतित्व भने संस्थाका अध्यक्ष ओम बहादुर बस्नेत(ध्रुबबस्नेत) को सभापतीत्वमा   सम्पन्न भएको थियो । साधरण सभाको लोकप्रिय रेडीयो १०६.६ मेगाहर्ज बाह्र्बिसे , लोकप्रिय रेडीयो प्लानेट ८९.१ मेगाहर्ज चौतारा र रेडीयो टपटाउन १०७मेगाहर्ज कोशीपारीले प्रत्उक्ष प्रशारण गरेको थियो । 

, , , ,