चैत्र २३ गते कलकार समाजको खाडीचौउरमा मेला


लोक प्रिय समचार
सिन्धुपाल्चोक जिल्ला  स्थित खाडी चौउर  बजार २३ गते  कलकार मय हुने भएको   छ । सिन्धुपाल्चोकमा  हालै मात्र गठन भएको कलकार समाजले आयोजना  गर्न लागेको  हो ।

सिन्धु पाल्चोकमा जन्म थलो भएका र देश तथा बिदेशको बिभिन्न भागमा रहेर कलकारिता क्षेत्रमा लागेका कलकारहरु को  साझा संस्थाको रुपमा रहेको  कलाकार समाज ले संस्कार र संस्कृतीको जगेर्ना गर्दै मनोरन्जनात्मक सेवा  दिन लागेको हो ।  कलकारहरुले हरुको शान,कलाकारको सम्मान भन्ने मूल नाराको साथ् स्थापना भएको सिन्धुपाल्चोक कलाकार समाजले आफ्नो औपचारिकता तथा आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ यहि चैत्र २३ गते  सनिबारको दिन सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ७ खाडीचौरको बाल सिक्षा मा.बि मा कलकार समाजले  औपचारिक रुपमा कार्य शुभारम्भ गरेको घोषणा का साथै    उद्घाटन तथा एक बृहत सांकृतिक कार्यक्रमको आयोजना गर्ने भएको हो  ।अरु जिल्लाको तुलानामा   सिन्धुपाल्चोकमा धेरै  राष्ट्रिय तथा अन्तराष्टीय कलाकारहरु को जन्म थलो रहेको  उक्त कलाकार हरुले आफु सिन्धुपाल्चोक जिल्लाको हो भन्ने पहिचान  कतैबाट आउन नसकेको आफुहरुलाइ लागेको कारण यो समाजको स्थपना गरेर सिन्धु पाल्चोकको पहिचान दिन लागेका समाजका अध्यक्ष  भुबन श्रेष्ठ (मुस्कान) ले  बताउँनु भएको छ । उँहाका अनुसार  कलकारिता क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा रहेर  सिन्धु पाल्चोकको  पहिचान दिने काम गर्ने हरु लाइ  सम्मान गर्न पर्ने बताउँदै आफुहरुले पनी त्यस दिन  सम्मानका साथ बिभिन्न संस्कृती कार्यक्रम गर्न लागेको बताउँनु भयो ।  सिन्धु पाल्चोक जिल्लामा बिधीवत रुपले  दर्ता भएको  कलकार समाजमा  भुबन श्रेष्ठ अध्यक्ष, उपाध्यक्ष बिनु शाक्य  र महासचिबमा  अबीनास घिसीङ्ग रहनु भएको छ ।  त्यस्तै  कोषध्यक्षमा  साबेत्री श्रेष्ठ पाण्डेय  सह कोषध्यक्षमा  अमृत आचार्य (मााइला गुरु)  त्यसै गरि सदस्यहरुमा  सरोज लामी छाने , र रबीन्द्र खड्का (सघर्ष)  रहनु भएको छ ।   सिन्धुपाल्चोक कलाकार समाजले आयोजना गर्न लागेको संस्थाको आधिकारिक उद्घाटन तथा बृहत सांकृतिक कार्यक्रम कोे लोकप्रिय रेडीयो प्लानेट ८९.१ मेगाहर्ज चौतारा  सिन्धुपाल्चोक क्षेत्र नं १ बाह्र्बिसे कै पहलिो सामुदायक रेडीयो लोकप्रिय जनेत्रज्योती १०६.६ मेगाहर्ज बाह्र्बिसे र कोशीपारीको पहिलो सामुदायक रेडीयो  टप टाउन १०७ मेगाहर्ज र रेडीयो अन्लाइनहरबाट पनी प्रत्यक्ष प्रसारण गरिने ब्यबस्था मिलाइएको  अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । सिन्धुपाल्चोकमा कलकार समाजले गर्न लागेको यो कार्यक्रम एक  ऐतीहासिक र ब्यबस्थीत  अनुशाशित हुने र पचासौ हजार भन्दा बढी  दर्शकहरुले  हेर्ने बताइएको छ ।

, , , , , , ,