चौतारा बजारको पानीको समस्या छिट्टै समधान हुने

 
लोकप्रिय समचार चौतारा
सिंन्धु पाल्चोक जिल्लाको सदर मुकाम समेत रहेको चौतारासाँगाचोक गढी नगर पालीका मा रहेको चौतारा बजारको खानेपानकिो स्थाइ समस्या समधानको लागी उपभोक्ता र समितीका पदाधिकारी बिच छलफल भएको छ । बिहीबार  होल्चे थालखर्क खानेपानी उपभोक्ता समितकिो कार्यलयमा समितीका अध्यक्ष  पुर्ब माननीय सुभाष कर्मचार्यले बजारमा देखीएको समस्या तत्काल समधानका लागी समिती सँग भएको श्रोत र साधन प्रयोग गर्ने र  मुलबाट ल्याइएको पानी लाइ बिचबाटोमा हुने गरेको अबरोधका बिषयमा समेत सहमती गरेर पानीको आपुर्ती बढाउँने  बिषयमा सबैले पहल गर्न पर्ने  सबै लागी पर्नु पर्ने बताउँनु भएको छ ।  गत २०७५चैत महीनामा लगातार हप्ता दिन भन्दा बढी समय पानी  नआए पछी उपभोक्ताहरुले समितीलाइ ज्ञापन पत्र समेत बुझाएका थिए ।

चौतारासाँगाचोकगढी नगरपालीका लगाएतका  सम्बन्धति कार्यलयहरुलाइ  समेत उक्त पत्र बुझाइएको थियो । त्यस पछी नगरपालीकामा नगर प्रमुख अमानसिंह तामाङ्गको  कार्यकक्षमा बसेको सर्ब पक्षीय छलफल पछी  पानीको आपुर्तीमा केही सहजता भएको थियो ।   चौताराको खाने पानीको स्थाइ समधान खोज्न पर्ने मुख्य बिषयमा केन्द्रत रहेर  बनेको सघर्ष समिती र उपभोक्ता समितीका बिच बिहीबार छलफल भएको थियो । छलफलमा उपभोक्ता समितीका सचिब श्यामर्कष्ण श्रेष्ठ, कोषध्यक्ष टंङ्क कार्की लगाएत  सघर्ष समितीका पदाधिकारीहरको उपस्थिती रहेको थियो । 

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.