गाउँमै स्याउ उत्पादन हुने भएपछि खुशी हुदै किसान


लोकप्रिय समाचार÷चौतारा
 नेपाल जैविक विविधताले भरिपूर्ण देश हो । यहाँ हिमाल , पहाड र तराईमा फरक फरक किसिमको हावापानी छ ।  भोटेकोशी गाउँपालि वडा नम्बर १ लिस्तीमा चिसो हावापानी  भएकोले स्याउ खेतीको लागी  उपयुक्त मानिएको छ ।स्याउ खेतीको लागि  वडाबाटै  तीन हजार स्याउको विरुवा रोप्न सुरु गरिएको  छ । भोटेकोशी गाउँपालिकाकी उपाअध्यक्ष दाबुटी शेर्पाले स्याउ खेतीको लागी उपयुक्त हावापानी भएपनि यस वडा र गाउँपालिकामा स्याउ खेती नगरिएको बताउनुभयो । अब कृषि क्षेत्रलाई मध्यनजर गर्दै पहिलो प्राथमिकता कृषिलाई दिने पनि जानकारी दिनुभयो ।


हिमाञ्चल प्रदेशबाट ल्याइएको गोल्डेन र रोयल प्रजातीका स्याउका विरुवा नेपालमा निकै फस्टाउने गरेको छ । भारतको उत्तर प्रदेशबाट ल्याइएको उक्त स्याउका विरुवा नेपाल आइपुग्दा प्रति बोट २ सय २० रुपैयाँ पर्न गएको छ । वडा अध्यक्ष मुके शेर्पाले किसानहरु आधुनिक कृषि खेतीतर्फ आकर्षित हुनुपर्ने र वडाबाट पाउँने सेवा तथा सुबिधा किसानले पाउँने पनि उहाँले बताउनुभयो । आफ्नै घरबारीमा उत्पादित ताजा फलफुल खादा शरिर स्वस्थ र निरोगी हुने भएकाले गाउँमै स्याउ खेती गर्न लागीएको बताउनु भयो । वडाले सार्वजनिक जग्गामा स्याउ रोपेर नमुना कार्य गरेको भन्दै स्थानीयले खुसी भएका छन् भने शेर्पाको खुलेरै प्रशंसा गरेका छन् । पर्यटक र विकासको सम्भावना बोकेको यो वडामा पछिल्लो समय यहाँका स्थानीयहरु कृषि पेशामा लाग्न थालेका छन् । प्राय आलु खेती गर्ने कृषकहरुले अहिले विभिन्न खाले बेमौशमी तरकारीसमेत उत्पादन गर्न थालेका छन् । अब गाउँमै स्याउ खेती हुने भएपछि वडा नम्बर १ का किसानहरु खुशी भएका छन्। ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.