दुइबर्ष भित्र सिपालाइ खानेपानीयुक्त जिल्ला घोषणा गर्ने ,पुर्ब मन्त्री तामाङ्ग





लोकप्रियसमचार सिन्धुपाल्चोक जिल्लालाइ आगमी २ बर्ष भित्रमा आधारभुत खानेपानी समस्या मुक्त जिल्ला  घोषणा गर्ने योजना रहेको  पुर्ब मन्त्री माननीय शेर बहादुर तामाङ्गले बताउँनु भएको छ । उँहाले जिल्ला बाट खानेपानी काठमाण्डौ लगेर  काठमाण्डौका नागरिकलाइ सेवा दिन सक्ने हामी जिल्लाबासीले आफनो जिल्लामा खाने पानीको पुर्ण रुपले बिकाश गर्न पर्ने बताउँदै जिल्लालाइ खानेपानी  समस्या मुक्त जिल्ला घोषणा गरेर हरेक टोल टोलमा खानेपानीको व्यवस्था गर्न लागेको बताउँनुभयो र उहाँले भन्नु भयो अझै पनि कुनै गाउँ टोलमा खानेपानीको समस्या छ भने निर्धक संग सरकार सँग समस्या समाधानको लागि माग गर्न समेत सवै जनप्रतिनिधिहरुलाई अनुरोध गर्नु भयो ।

पूर्व प्रधानमन्त्री स्र्वगीय कृष्ण प्रसाद भटाईलाई सम्झनु हदै उहाले मेलम्चिको पानीले काठमाण्डौंको सडक धुने कुरा गर्दा कसैले पत्याएका थिएनन् भन्नुहुदै ।
मेलम्चीको पानी अव काठमाडौमा कुनै पनि हालतमा पुग्ने बताउँनुभयो । उहाँले यो आयोजना छिटो सफल हुन नसक्नुको कारण धेरै ठेक्दारहरुले ठेक्का सम्झौता गर्ने र ताड्ने काम समयमा नगर्ने कारण रहेको बताउँनुभयो उहाँले पूर्व प्रधानमन्त्री भट्टराइले मेलम्चीको पानी काठमाडौं लान्छु भन्दा आफु लगायतका लाई सपना जस्तो लागेको भए पनि अहिले त्यो काम सफल हुदा विपनामा परिणत भएको स्मरण गराउँदै बर्तमान प्रधानमन्त्री के.पी. ओलीले पनि नेपालमा जहाँज र रेल सञ्चालन गर्ने निति ल्याउँदा केही समूहरुले कागजको जहाज र रेल बनाएर उक्त नितिलाई हावामा उडाउनेहरुले पनि सम्झनुप¥यो कि नेपालमा पानीजहाँज र रेल सञ्चालन हुन्छ ।
उहाँले इन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिको चौथो साधरण सभाको उद्घाटन गदै मेलम्चीमा त्यस्तो बताउँनुभएको हो ।
उहाँले मेलम्ची प्रभावीतहरुलाई मेलम्ची खानेपानीले दिदै आएको अनुदान सहयोग रकम स्थानिय नागरिकको आयआर्जनमुलक कार्यमा लगानी गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गर्नु भयो । भूकम्प पिडितलाई अन्तिम पटक गुनासो दर्ता गर्ने समय दिएकोले वास्तवीक नरहेर त्यो समय सिमा भित्र यर्थाथतामा रहेर गुनासो दर्ता गर्न समेत बताउँनु भयो ।
सिन्धुपाल्चोक जिल्लामा रहेका क्रसरहरुले एकातिर खोलाको वातावरण विगारेको र अर्काेतिर सडकसञ्जाललाई समेत विगारेर संरचनाहरुलाई समेत ध्वस्त पार्ने काम गरेकोले अव यो क्रसर उद्योगहरुनै बन्द गर्नु पर्ने बताउँनुभयो ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगर पालिकाका प्रमख अमान सिंह तामाङले सिंङ्गो नगरपालिका नै पभावित भएकोले पुरै नगरपालिकालाई प्रभावित क्षेत्र घोषणा गरेर प्रभावित सहयोगको एकद्वार प्रणाली लागु गर्न अनुरोध गर्नु भयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सचिव झलक नेपालले नेपाली काँग्रेसको नेतृत्व र पहलमा सुरु भएको मेलम्ची खानेपानीले काठमाडौं वासीलाई मात्र नभएर सिन्धुवासिलाई पनि पूर्ण रुपले सहयोग गरिरहेको बताउँदै यसको स्थाइत्व र निरन्तरताको लागि आफ्नो पार्टी सधै सहयोग गरिरहने बताँउनु भयो ।
उहाँले त्यति वेला पूर्ण रुपले सहयोग गरेको सामुदायिक समितिहरुलाई यस समितिले ओझेलोमा पार्नु नहुने बताउँदै संस्थाको विधान अनुसार चल्न पर्ने बताउँनु भयो । कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका माधव नेपालले प्रभावित क्षेत्रमा दिइएको रकम सामाजिक उत्थान कार्यक्रमको लागि भएकाले समाजमा पिछडिएका र विशेष गरि सामाजिक उत्थानको  लागि समूहगत आय आर्जन र आत्मानिर्भरता कार्यक्रमलाई मात्र प्रोत्साहन दिन समितिलाई आग्रह गर्नु भयो र उहाँले भन्नु भयो बैशाख महिनामा साधरण सभा गरेर यो बजेट कहिले कार्यन्वयन हुन्छ भन्ने चिन्ताको विषय रहेकाले पारदशितामा जोड दिनु पर्ने बताउँनु भयो ।
साधरण सभामा शुभकामना मन्तव्य दिदै हेल्मु सिन्धु उपत्यका सामाजिक विकास कार्यक्रमका अध्यक्ष उपेन्द्र तामाङले मेलम्ची प्रभावित क्षेत्रमा मेलम्ची खोनेपानी विकास समितिले गरेको सहयोगको बारेमा चर्चा गदै आफुहरुले पनि प्रभावित क्षेत्रको सामुदायिक समितिहरुको तर्फवाट झम्क सापकोटा लगायतले आफनो भनाई राख्नु भएको थियो ।
समितिका अध्यक्ष विष्णुमणी आर्चायको सभापतित्वमा सम्पन्न  भएके उक्त कार्यक्रमको संचालन भने सचिव इच्छाराम दंगालले गर्नु भएको थियो । सभामा समापन गर्दे आर्चायले आफुहरु सधै प्रभावितको पक्षमा रहेर काम गरेको र  अव आगामी दिनमा पनि पारदशिताको साथ अगाडी बडँने बताउँदै सहभागिहरुलाई विशेष धन्यवाद व्यत्त गर्नु भयो ।
समितिले आ.व. ०७५÷०७६ को प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पास गरेको छ जसमा समितिको साधरण सभाको लागि तिन लाख, कार्यालय समिति फर्निचर खरिदको लागि एक लाख, कार्यक्रम अध्ययन अवलोकन भ्रमण को लागि तिन लाख, वडाको मागमा आधारित ०७५÷०७६ को प्रस्तावित योजनाहरु को लागि प्रति वडा छ लाखका दरले तेह्र वटा वडाको लागि अठ्हत्तर लाख, केन्द्र स्तर वाट विनियोजित रकम चउन्न लाख पचाँस हजार रुपैया, प्रशासनिक खर्च जम्मा रु ७ प्रतिशत दश लाख पचाँस हाजर रुपैया बजेट समेत पास गरेको छ ।
मेलम्ची प्रभावीत साविक बाडेगाउँ, भिमटार, सिपापोखरे, भोटसिपा, साँगाचोक र ठूलोसिरुवारी गरी ६ वटा गा.वि.स. हाल इन्द्रावती गा.पा. वडा नं. ५,६,७,८,९,१०,११,१२ र चौतारा साँगाचोकगढी न.पा. १०,११,१२,१३,१४ मा मेलम्ची प्रभावीत क्षेत्र घोषणा गरेर
मेलम्ची खानेपानी आयोजनाले त्यहाका नागरीकहरुलाई आय आर्जन मुलक कार्यक्रम गर्नको लागि सहयोग गर्दे आइरहेको छ ।

, , , , , ,