‘टहरा’ले बाजी मार्याे



 दिपक तोलागेंले ‘टहरा’ले बाजी मार्याे
काठमाडौं,
वेन रेन्डालले निर्देशन गरेको अस्ट्रेलियन चलचित्र  ‘सिस्टरर्स फर सेल’ लाई उत्कृष्ट अन्तर्रा्ष्ट्रिय नन–फिक्सन वृत्तचित्रकोे अवार्ड प्रदान गर्दै ‘सातौं ं नेपाल मानवअधिकार अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सव २०१९’ राजधानीमा आइतबार सम्पन्न भएको छ ।

उत्कृष्ट राष्ट्रिय फिक्सन फिल्मको अवार्ड अविनाश विक्रम शाहद्धारा  निर्दे्शित चलचित्र ‘तटीनी’लाई प्रदान गरिएको छ । उत्कृष्ट राष्ट्रिय वृत्तचित्र विधामा दिपक तोलागेंले निर्देशन गरको  ‘टहरा’ले बाजी मारेको छ ।
उत्कृष्ट नेपाली महिला निर्देशक तर्फ प्रशुना डंगोलको ‘डोल्पा डायरी’ले हात पारेको छ भने जुरी स्पेसल मेन्सन ‘सेन्ड गर्ल’ जर्मनका मार्क मिकेलल र जुरी अवार्ड ‘थी्र स्टोलन क्यामेराज्’ले हात पारको छ ।
पुरस्कृत राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय फिक्सन र ननफिक्सन त्तचित्रलाई अवार्डसँगै ५०÷५० हजार रुपैयाँ पनि प्रदान गरिएको थियो ।
वृत्त चित्र निर्माणका

महोत्सवको निर्णायक मण्डल तर्फ नेपालका चलचित्र समिक्षक अनुप सुवेदी, कोरियाका फिल्म समिक्षक चाङ सेवक योङ, मलेसियाका महोत्सव निर्देशक आना हर मेइ योके र रसियाका फिल्म मेकर लिया गिल्मुट्डिनोभा  रहेका छन् ।

मानवअधिकार चलचित्र केन्द्रले आयोजन गर्दै आएको महोत्सवको यो सातौं  संस्करण हो । महोत्सवमा मानवअधिकारका विषयमाथि बनेका ३३ देशका ८२ वटा लुघु चलचित्र, वृत्तचित्र, फिचर, एनिमेसन लगायतका  चलचित्र दर्शन गरिएका थिए ।
‘सुरक्षित, व्यवस्थित र आत्मसम्मानित आप्रवासन’ भन्ने नारा

कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा चार दिनसम्म चलेको महोत्सवमा फ्रान्सका करिम रहबानीले निर्देशन गरको ‘कार्गाे’ले उत्कृष्ट अन्तर्रा्ष्ट्रिय फिक्सन अवार्ड जितेको छ ।