साँगाचोकमा निर्माण हुने भयो अस्पताल

लोकप्रियसमचार
 सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगर पालीका  वडा नं १२मा रहेको  स्वास्थ चौकीमा प्रशुती सहितको नयाँ भवन   बन्ने  भए पछी स्थानीय खुशी हुन थालेको छन ।


  वडा नं १२ स्थित  साँगाचोक भञ्ज्याङ्गमा  स्वास्थ्य केन्द्रको भवन बन्ने भए पछी त्यँहा अस्पतालको बिकाश हुन लागेकोमा स्थानीयहरु खुशी भएका हुन ।  चौतारासाँगाचोकगढी नगरपालीकाको वडा नं १२मा रहेको स्वास्थ्य केन्द्रको भबन निर्माण गर्नका लागी अष्ट्रे्रयीन नागरिक थियो फ्रिस्चेले  नब्बे लाख रुपैयामा  नयाँ भबन निर्माण गरिदिने भए पछी  स्थानीयहरु खुशी भएका हुन । स्थानीय सबिना पराजुली डाक्टर भए पछी  उँहाकै पहलमा  यस अघी पनी साागाचोक भञ्याङ्गमा छ कोठे भबन निर्माण गरिएको थियो । त्यहाँ नगरपालीकाका स्वास्थ्य कर्मीहरुले सेवा दिइरहेका छन ।  प्रशुती सेवासहीतको सुबिधा हुने गरि निर्माण गर्न लागीएको नँया भवनको सिल्यान्यास गर्दै नगर प्रमुख अमान सिंह तामाङ्गले  भवन निर्माण पछी  आबश्यक पर्ने स्वास्थ्य कर्मीहरु नगरपालीकाले ब्यबस्था गर्ने बताउँनु भयो । उँहाले यस्ता सहयोगी हातहरुलाइ सबैले सम्मान गर्न पर्ने बताउदै  नगरपालीकाबाट  गर्न पर्ने सहयोगमा कुनै पनी कमी हुन नदीने बताउँनु भयो ।  अष्ट्रे्रयीन नागरिक थियो फ्रिस्चेले  नेपालमा आएर आफुले स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै  आगामी दिनमा पनी आफुले वडा लाइ आगामी दिनहरुमा पनी  सकेको सहयोग गरिरहने बताउँनु भयो ।   यस अघी पनी डा सबिना पराजुलीकै सक्रीयतामा  ६ कोठे भबन निर्माण भएको र त्यहा दैनिक ४० भन्दा बढीले स्वास्थ्य सुबिधा लिइरहेका थिए ।
अब यो नँया भबन निर्माण भए पछी  प्रसुती सेवा सहित करिब दैनिक करिब १००भन्दा बढीले सेवा पाउँने बताइएको छ । आफुले आफनो वडा लगाएत सबै नेपाली नागरिकहरुमा स्वास्थ्य  सुबिधाबाट कोही पनी बञ्चीत हुन नपरोस भनेर पहल गरिरहेको बताउँदै  यो भबनमा  सम्भब भए सम्म सबै खाले उपचारको ब्यबस्था गरिने बताउँनु भयो ।    भवन निर्माणका लागी  समिती समेत बनेको छ । समितीमा अक्कल बहादुर तामाङ्ग अध्यक्ष, हरिबहादुर श्रेष्ठ सचिब, दिपेन्द्र प्रसाद नेपाल कोषध्यक्ष र सदस्यहरुमा खीकादेबी नेपाल पराजुली  पम्फा राना, अम्बर बहादुर गिरी, सिता पौडेल, रेशम लाल श्रेष्ठ र चक्र बहादुर  तामाङ्ग सदस्य रहनु भएको स्थानीय जन जागृती माधयमिक बिद्यालयका प्रधानध्यापक पदम प्रसाद पराजुलीले बताउँनु भयो  ।








, , ,