चौसागढीको ६ नं वडाकार्यलयको उद्धघाटन


 लोक प्रिय समचार,चौतारा साँगाचोक गढी नगरपालीकामा रहेको १४ वटा वडाहरु मध्य आफ्रनै भवन निर्माण गर्ने पहिलो वडा वडा नं ६ भएको छ । भिरकुनामा निर्मित ६ नम्बर वडा कार्यलयको भवनको चौतारा सांगाचोकगढी नगरपालिका प्रमुख अमान सिंह तामाङले उद्धघाटन गर्नु भएको हो । उद्धघाटन गर्दै तामाङ्गले जिल्लामा रहेका १२वटा पालीका मध्य नमुनाकोरुपमा बिकाश गर्न चाहेको चौतारा सँँगाचोकगढी नगरपालीकालाइ यो वडाकार्यलयको भबन निर्माणले केह िउर्जा प्रप्त गरेको बताउँनु भयो । तामाङले नगरका १४ वडा मध्य ६ नम्बर वडा   भवन निमार्ण सम्पन्न गर्ने पहिलो वडा बनेको भन्दै खुसि ब्यक्त गर्नूभयो । साथै उहाले वडा कार्यलय सम्मको सडक कालोपत्रे गर्ने गरी काम सुरुगरीसकेको र  जिल्लाकै पहिचान बोकेको गौराति मन्दिर सम्मको  सडक कालोपत्रे गर्न केहिदिनमा टेण्डर हुने बताउनुभयो ।  वडा नं ६ले बिगतका दिनमा पनी बिकाशका कामहरु गर्दा छिटो र पारदशीृता गर्ने गरेको बताउँदै नगरका सबै वडामा बिकाशका कामहरुलाइ पारदशीृताका साथ अगाडी बढाउँन सबै वडाअध्यक्षहरु लागी परेको बताउँनु भयो । भवन निमार्णले   कार्यसम्पादनमा सजिलो हुनेभएपनि नगरको विकासका लागि नगरबासि र जनप्रतिनिधि मिलेर जानुपर्नेमा तामाङले जोड दिनुभयो .

६ नम्बर वडा कार्यलयको भवन निर्माणका लागी नगरपालकिा बाट ४०लाख र वडाबाट १० लाख गरि जम्मा ५०लाख बिनीयोजन भएको  वडा सचिब  उत्तम सापकोटाले जानकारी दिनु भएको छ ।  कार्यक्रम ६ न्र वडाका वडा अध्यक्ष टोक बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको  थियो ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.