विस्थापित दलित समूदायलाई घर हस्तान्तरण


भुकम्प र पहिरोका कारण विस्थापीत दलीत समुदायको लागि निर्माण गरीएको एकिकृत वस्ती समुदायलाई हस्तान्तराण गरीएको छ । जनहित ग्रामिण सेवा समितिले अक्सफामसंगको साझेदारीमा बाह्रबिसे नगरपालिका–३, खुर्सानिबारीका छ परिवारलाई बस्ती निर्माण गरी हस्तान्तरण गरीएको हो ।
हस्तान्तरण समारोहमा बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले पटक पटक विपतमा पर्दा पनि नआत्ति घर निर्माणमा सक्रिय भएर लाग्ने मेहनती समुदायलाइ अझै राम्रो गर्न सुझाउदै नगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गनूभयो । ‘भुकम्पले विस्थापीत बनाएपछि सरेको ठाँउमा फेरी पहिरोको चपेटामा पर्नुभयो,’ मेयर शेर्पाले भन्नभयो –‘यस्तो अवस्थमा बिस्थापित बस्ती निर्माणमा महत्वपूर्ण सहयोग गर्ने संस्था प्रति आभार व्यक्त गर्दछु ।’ १८ घर दलित घर रहेको उक्त बस्ती २०७२ को भूकम्प र त्यसपछिको पहिरोका कारण पुरानो थातथलो केही नरहेपछि  बाह्रबिसे नगरपालिका –५ , खाकदलबाट विस्थापित भएर आएका थिए । पहिरोले दुःख दिएर विस्थापित भइ जसोतसो जग्गा किनेर घर बनाउन थालेका उनीहरु घर बनाउने क्रममा फेरी पनि पहिरोको चपेटामा परेका थिए ।‘जसोतसो जग्गा किनि बनाउन लागेको घर संगै वरिपरिको जमिन सबै पहिरोले तानेपछि हामी फेरी पनि बिस्थापित भएका थियौं,’ खुर्सानीबारी विस्थापित बस्ती विकास समितिका अध्यक्ष नैनबहादुर कामीले खुसी हुदै भन्नुभयो –‘यसरी घर बनाएर बस्न सकिन्छ भनेर कल्पना पनि गरेका थिएनौ ।’
सुरुमा १८ विस्थापित घरको लागि राष्ट्रिय पुनर्निमाण प्राधिकरणले जग्गा खरिदको लागी प्रति परिवार २ लाख उपलव्ध गराइ जग्गा खरिद गरेपनि अक्सफाम तथा जनहित ग्रामिण सेवा समितिले एकिकृत वस्ती बनाउने प्रक्रिया शुरु गर्दा १८ घर मध्य छ घरधुरीले मात्र संस्थाको सहयोगमा घर बनाउन इच्छा देखाएकाले उनीहरुको लागी मात्रै आवास निर्माण गरीएको जनहितकी कार्यक्रम संयोजक सोनिका थपलियाले बताउनुभयो ।
जनहित ग्रामिण सेवा समितिले जुगल गाउँपालिकाको सेलाङमा १९ घर र हेलम्बु गाउँपालिकाको तेम्बाथाङमा ४० वटा घर सहित एकिकृत बस्ती बनाइरहेको छ । आगामि बैसाख १२ मा हेलम्बुको तेम्बाथाङमा निमार्ण गरेको ह्योल्मो संस्कृती झल्कने बस्ती हस्तान्तरण गर्ने योजना बनाएको बस्ती निमार्णमा कार्यरत इन्जिनियर प्रसन थापाले बताउनुभयो ।

वरिपरि सुरक्षा पर्खालले घेरिएर बीचमा बनेको हरियो जस्ताले छाएको उक्त घरहरुले समुदायको सौन्दर्य नै फेरिदिएको छ । समुदायलाई सुन्दर बनाउन अझै पनि नगरपालिका र संघसंस्था सँग सहयोगको लागि अध्यक्ष कामीले अनुरोध गर्नुभयो । बस्ती निर्माण गर्नेसहयोगी संस्था जनहित ग्रामिण सेवा समिति, अक्सफाम, बाह्रबिसे नगरपालिका र जग्गा किन्न सहयोग गर्ने पूर्ननिर्माण प्राधिकरणलाई धन्यवाद दिदै अध्यक्ष कामीले सुरक्षीत घरमा बस्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा अक्सफामका आवास अधिकृत विवेक घिमिरेले समुदायको सक्रियताका कारण घर समयमा सकिएको भन्दै समुदायलाई धन्यबाद दिनुभयो । साझेदार संस्था जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले भुकम्पका कारण गातीबाट विस्थापीत भई आएका दलित परिवारलाई नयाँ घर बन्दै गर्दा बस्तीमा समेत पहिरोले बस्ती नै जोखिममा परेकोले विपद जोखिम व्यवस्थापन गर्दै काम गर्नु परेकोले समयमा नै  काम सम्पन्न गर्न कठिनाई परेको बताउनु भयो ।


Lokpriyasamachar@. Powered by Blogger.