बैशाख १९ गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने

लोकप्रिय समचार
गत बर्ष झै यस बर्ष पनी आगमी २०७६ वैशाख १९ गते (मे २ तारिख) राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने भएको छ । यसै सन्दर्भमा मंगलबार सञ्चार तथा सूचना प्रविधि सचिव श्री महेन्द्र मान गुरुङज्को संयोजकत्वमा गठित विभिन्न क्षेत्रका सदस्यहरु संलग्न रहेको मूल समारोह समितिको पहिलो बैठक  बसेको छ ।

बैठकले  विगत वर्षहरुमा  जस्तैे यस  वर्ष पनि सूचना प्रविधि दिवस मनाउन विभिन्न उपसमितिहरु गठन गरेको छ ।जसमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका ब्यक्तिको छनौट गरी पुरस्कार तथा सम्मान प्रदान गर्न मन्त्रालयका सहसचिव श्री वीरेन्द्र कुमार मिश्रको संयोजकत्वमाICT Awardछनौट तथा सिफारिस उपसमिति, सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादवको संयोजकत्वमा समारोह व्यवस्थापन उपसमिति तथा कम्प्यूटर एशोसिएशन अफ नेपालका अध्यक्षको संयोजकत्वमा कार्यक्रम संयोजन उपसमिति गठन गरियको मन्त्रालयका सहसचिव एव प्रबक्ता ऋषिराम तिवारी ले जानकारी दिनु भएको छ ।ICT Day   को प्रचार प्रसारको लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रले Web site -www=ictday=gov=np_निर्माण र सूचना प्रविधि विभागले व्यवस्थापन गर्ने, सम्पूर्ण आमसञ्चारका माध्यमहरुलाई सूचना तथा सञ्चार प्रविधिको प्रयोग, महत्व र योगदान वारेमा प्रचारप्रसार, लेख रचना तथा संवाद प्रकाशन तथा प्रसारण गर्न अनुरोध गर्ने, निर्णय गरेको छ ।  दिवसको अवसरमा सामाजिक सञ्जालहरुमा (Hashtag) #Nepal ICT DAY2019  प्रयोग गर्ने समेतका कार्यक्रमहरु गरी राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसलाई वृहत एवं भव्यताका साथ मनाउने निर्णय समेत बैठकले  गरेको छ ।
उँहाका अनुसार  उक्त दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउन प्रादेशिक र स्थानीय तह, विश्वविद्यालय, विद्यालय, बैंकर्स एशोसिएशन तथा अन्य सूचना तथा प्रविधिसंग सम्वन्धित संघसंस्थाहरुमा समेत उपयुक्त कार्यक्रमहरु आयोजना गर्नका लागि सम्वन्धित निकायहरुलाइ बैठकले निर्णय गरेको छ । 




,